4 months ago
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अस्ट्रेलियाको डार्विनमा हुने टप एण्ड टि ट्वान्टी सिरिजमा नेपालबाट ललित राजवंशीको ठाउँमा शाहब आलमले खेल्ने भएका छन् ।
ललितकी आमाको आइतवार निधन भएका कारण उनको ठाँउमा शाहबलाई टोलीमा समावेश गरिएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। क्यानले यसअघि नै टप एण्ड टि ट्वान्टी सिरिज खेल्ने नेपाली टोलीको घोषणा गरेको थियो ।
बिहीवार सुरु हुने सिरिजका लागि नेपाली टोली सोमवार त्यसतर्फ प्रस्थान गर्नेछ । क्यानले आइतवार टोलीको बिदाइ गर्यो ।

सिरिजमा नेपालले लिग चरणमा कुल ६ खेल खेल्नेछ । लिग चरणको शीर्ष ४ मा रहन सके नेपाल सिरिजको सेमिफाइनलमा पुग्नेछ । पहिलो पटक यो सिरिजमा भाग लिएको नेपालको शुक्रवार नर्थ टेरिटोरि स्ट्राइकसँग खेल्नेछ ।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान) , दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आरिफ शेख, आसिफ शेख, कुशल मल्ल, गुलशन झा, भीम सार्की, रुपेश कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण केसी, रिजन ढकाल, लोकेस बम , शाहब आलम
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]