default_image

4 months ago

August 11, 2025

पाकिस्तानमाथि वेस्ट इण्डिजको जित

443 views

0 Bookmark

एजेन्सी – घरेलु टोली वेस्ट इण्डिजले दोस्रो ओडिआईमा डर्कवर्थ लुइस पद्दतीमा पाकिस्तानलाई ५ विकेटले हराएको छ ।

ट्रिनिडाडमा सोमवार बिहान सकिएको खेल घरेलु टोलीले जितेपछि ३ ओडिआई सिरिज १-१ को बराबरीमा पुगेको छ । वर्षाका कारण खेल ३७ ओभरमा घटाइएको थियो ।

१ सय ७२ रनको लक्ष्य वेस्ट इण्डिजले ३३.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । टोलीकस रोस्टन चेसले ४७ बलमा ४ चौका र २ छक्कासहित अविजित सर्वाधिक ४९ रन बनाए ।

शरफन रादरफोर्ड ३३ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ४५ रन जोडे । कप्तान शाइ होप ३५ बलमा ३२ तथा केसी कार्टी ४२ बलमा १६ रन बनाए ।

पाकिस्तानका हसन अलि र मोहम्मद नवाजले समान २ तथा अब्रार अहमदले १ विकेट आफ्नो नाममा गरे ।

त्यसअघि ब्रायन लारा क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले ३७ ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रन बनायो ।

टोली हसन नवाज ३० बलमा ३ छक्काको सहयोगमा अविजित ३६ रन जोडे । हुसेन तलत ३२ बलमा ३१, अब्दुल्लाह सफिक २६, सैयम अयुब ३१ बलमा २३ तथा कप्तान मोहम्मद नवाज १६ रन बनाए ।

वेस्ट इण्डिजका जयडेन सेल्सले ३ तथा शेमार जोसेफ, गुणकेश मोटी रोस्टन चेसले समान १ विकेट लिए । तेस्रो तथा निर्णायक ओडिआई मंगलवार हुनेछ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.