default_image

4 months ago

August 11, 2025

मधेश क्रिकेटलाई कृष्णा फाउन्डेसनको प्रायोजन

390 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कृष्णा फाउन्डेसनले मधेश प्रदेश क्रिकेट संघको क्रिकेट टोलीलाई जर्सी प्रायोजन गरेको छ।

नयाँ बानेश्वरस्थित कृष्णा फाउन्डेसनको कार्यालयमा फाउन्डेसनका उपाध्यक्ष सुजित कुमार कर्ण र मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौता रकम खुलाइएको छैन।

कृष्णा फाउन्डेसनले मधेश जर्सी उपलब्ध गराउने छ भने मधेश टोलीले जर्सीमा फाउन्डेसन राख्नेछ। फाउन्डेसनले भविष्यमा पनि यो सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

भारतमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै शिक्षा परामर्शदाता कृष्णा फाउन्डेसनको‌ स्थापना गरिएको थियो। फाउन्डेसनले खेलकुदको माध्यमबाट शिक्षा र विद्यार्थीबीचको सम्बन्धलाई थप मजबुत बनाउन चाहेको बताएको छ ।

फाउन्डेसनका उपाध्यक्ष कर्णले भने, ‘एजुकेसन कन्सल्टेन्सी मधेश प्रदेश संघसँग जोडिँदा हामीलाई खुसी लागेको छ। हामी भारतमा काम गर्ने सबैभन्दा ठूलो र उत्कृष्ट युनिभर्सिटीहरूमा विद्यार्थीहरूलाई छात्रवृत्ति समेत प्रदान गर्दै आएका छौँ। अब खेलकुदको माध्यमबाट अझ धेरै विद्यार्थीमा पहुँच पुर्याउने हाम्रो चाहना छ।’

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले फाउन्डेसनले मधेश प्रदेशलाई फाउन्डेसनले दिएको साथको प्रशंसा गर्दै यो कदम तारिफयोग्य भएको बताए ।

मधेश प्रदेश क्रिकेट संघका अध्यक्ष सुनिल कुमार महासेठले प्रायोजन सम्झौताबाट आफू निकै खुसी भएको व्यक्त गर्दै यसबाट प्राप्त हुने रकमलाई ग्रासरुट क्रिकेटको विकासमा खर्च गर्ने बताए ।

उनले हाल संघले १० जना क्रिकेटरलाई मासिक तलब दिँदै आएकोमा अब थप २ जनालाई पनि यसमा समेट्न सहज हुने जानकारी दिए ।

कार्यक्रममा क्यानका केन्द्रीय सदस्य धिरेन्द्र साउद, प्रदेशका सचिव आयुष श्रेष्ठ, कोषाध्यक्ष सुबाश जैसवाल तथा पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहको उपस्थिति थियो ।

यसैगरी, कार्यक्रममा उपस्थित मधेश प्रदेशबाट राष्ट्रिय टिममा रहेका क्रिकेटरहरू पवन सर्राफ, रुपेश सिंह र आदिल आलमले पनि सम्झौताप्रति खुसी व्यक्त गरे ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.