default_image

3 months ago

August 26, 2025

आसिफको अर्धशतक

1173 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङसँगै अर्धशतक‌ बनाएपछि नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटरीविरुद्ध टि ट्वान्टी अभ्यास खेलमा ८ विकेट गुमाएर १ सय ७७ रनको बलियो योगफल तयार गरेको छ ।

आसिफले ३९ बलमा ५ छक्का र ४ चौकासहित टोलीका लागि सर्वाधिक ६९ रन बनाए। कप्तान रोहित पौडेलले २८ बलमा २ चौका र १ छक्काका साथ ३६ रन जोडे।

आरिफ शेखले २४, दीपेन्द्र सिंह ऐरीले २१ , गुलशन झाले नटआउट ८ र अर्का ओपनर कुशल भुर्तेलले ७ रन बनाए। भीम सार्की, लोकेश बम र रुपेश सिंहले रनको खाता खोल्न सकेनन् । इभान, रहमान ,दुबे र ब्रुनकरले समान २ विकेट लिए।

टप एन्ड टि-ट्वान्टी सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपाली टोली पहिलो अभ्यास खेल खेलिरहेको छ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.