default_image

3 months ago

August 26, 2025

दीपेन्द्रको अलराउन्ड प्रदर्शनमा नेपालको जित

1320 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई आज दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। आज नेपालको यो लगातार दोस्रो जित हो।

जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३.२ ओभरमा नै ४ विकेटको नोक्सानीमा पुरा गर्यो। नेपालका पहिलो क्रमका तीन ब्याटरले दोहोरो रन छुन सकेनन्।

ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। २५ रनमा ३ विकेट गुमाउँदै नेपालले सुरुवात खराब गर्यो।

त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। गुलशन २३ रनमा आउट भए।

३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाउन सफल रहे। आरिफ शेख अविजित ११ रनमा रहे। एसिटीका इ रहेमानले २ तथा एल इभान्स र डि दुबेले १/१ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको एसिटीले १७.२ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो। टोलीका कुनै खेलाडी नेपाली बलर सामु क्रिजमा टिक्न सकेनन्।

एन ब्रोसले सर्वाधिक १६ रन बनाए। केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले। जे स्मिथले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्।
सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए। सहाबले ४ ओभरमा १२ र दीपन्द्रले १३ रन मात्र दिंदै किफायती बलिङ गरे।‌ गुलशन र रोहितलर १/१ विकेट आफ्नो नाममा लेखाए।

पहिलो खेलमा ह्याट्रिक सहित ५ विकेट लिएका सन्दीप लामिछाने विकेट विहिन रहे। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.