3 months ago
August 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- कप्तान रोहित पौडेलले शतकमा नेपालले एक दिवसीय खेलमा दक्षिण अष्ट्रेलियालाई २ विकेटले पराजित गरेको छ।
जितको लागि २ सय ४३ रनको लक्ष्य नेपालले ४४.१ ओभरमा ८ विकेट गुमाउँदै पुरा गर्यो। ४५ रन जोड्दा नेपालले ४ विकेट गुमाइसकेको थियो। आशिफ शेख ११ रनमा भीम सार्की १ रनमा र कुशल भुर्तेल २८ रन जोडेर आउट भए।
कप्तान रोहित क्रिजमा जमे। तर उनलाई अन्य ब्याटरले साथ दिन सकेनन्। आरिफ शेख ३ रनमा, दीपन्द्र सिंह ऐरी ९ रनमा, गुलशन झा ३६ रनमा, लोकेश बम २ रनमा र रुपेश सिंह रनको खाता नखोली आउट भए। १ सय ६१ रन जोड्दा नेपालले ८ विकेट गुमाएको थियो
त्यसपछि रोहितलाई सोमपाल कामीले साथ दिंदै नेपाललाई जिततर्फ डोर्याए। यी दुईले नवौं विकेटका लागि अविजित ८५ रनको साझेदारी गरे। यो क्रममा रोहितले शतक पूरा गरे।
रोहितले १ सय १ बल खेल्दै ९ चौका प्रहार गरेर अविजित १ सय १ रनको महत्वपूर्ण पारी खेल्दै टोलीलाई जित दिलाए। सोमपालले ३० बल खेल्दै ३ छक्का र १ चौका सहित अविजित ४९ रनको बनाए। बलिङमा टम मेन्जिस र हेरी मेनन्टीले समान ४ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अष्ट्रेलियाले ४५ ओभरमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४२ रन बनायो। हेरी मेनन्टीले सर्वाधिक ६३ रन बनाए। डाउट्जी होगानबेएजरमले ५४ रन बनाउँदा रायन किंगले ३५ र म्याककेन्जी हार्बेले २४ रन बटुले।
बलिङमा नन्दन यादव र सोमपालले ३ विकेट लिए। रुपेश सिंह, सन्दीप र सहाब अलामले १/१ विकेट झारे।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]