3 months ago
August 30, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ‘ए’ ले टि-ट्वान्टी सिरिजमा तेस्रो खेलमा आसामलाई ९ रनले हराएको छ। यो जितमा नेपालले सिरिजमा २-१ को अग्रता बनायो।
जितको लागि १ सय ९७ रनको लक्ष्य पछाएको आसाम २० ओभरमा १० विकेट गुमाउँदै १ सय ८७ रनमा समेटियो।
आसामको लागि निहार डेकाले सर्वाधिक ४० रन र सुमित घाडीगसओनकरले ३६ रन बनाए। साहिल जैनले २४ रन र शिवांशकर रोएले ११ रनमा आउट भए।
यसपछि नवौं क्रमका अब्दुद अजिज कुरेशीले नेपाली बलरलाई केहि दबाब दिए। १७ बलमा अविजित ३१ रन बनाए। तर पनि टोलीलाई जित दिलाउन सकेनन्। अन्य ५ ब्याटरले दोहोरो रन छुन सकेनन्।
बलिङमा विवेक यादवले ४ ओभर बलिङ गर्दै १७ रन दिएर ३ विकेट लिए। बसिर अहमदले ३ ओभरमा १४ रन खर्चेर ४ विकेट झारे। यस्तै कमल सिंह ऐरी र आकाश चन्दले समान २ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९६ रनको ठुलो योगफल बनायो। सन्दीप जोराले उत्कृष्ट ब्याटिङ गरे। उनले ४८ बल खेल्दै ६ चौका र ४ छक्का प्रहार गर्दै ७४ रनको पारी खेले। उनी रन आउट भए।
आदिल अलाम अन्सारीले १६ बलमा ४ छक्का र १ चौका सहित ३५ रन बनाए। त्रित राज दासले ३३ रन र कप्तान अनिल शाहले ३१ रन जोडे।
बलिङमा आकाश सेन गुप्ताले २ विकेट लिए। यस्तै मृनमोए दक्ता, अभिनव चौधरी र शिवशंकर रोयले १/१ विकेट झारे।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]