default_image

3 months ago

September 5, 2025

युएईलाई हराउँदै पाकिस्तान फाइनलमा

187 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले यूएईलाई ३१ रनले हराउँदै त्रिकोणात्मक सिरिजको फाइनलमा प्रवेश गरेको छ

शारजाह क्रिकेट मैदानमा सिरिजको पाँचौं खेलमा
बिहीवार फखर जमनले नटआउट ७७ रन प्रहार गरे । अबरार अहमदले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए।

पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७१ रन बनायो। सुरुवातमा साहिबजादा फरहान (१६), साइम अय्युब (११) र कप्तान सलमान अली आगा (७) सस्तै आउट हुँदा टोली दबाबमा परेको थियो।

तर फखर र मोहम्मद नवाजले छैटौं विकेटका लागि अविजित ९१ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। नवाजले २७ बलमा ३७ रन प्रहार गरे।

फखरले ४४ बलमा १० चौका र २ छक्का प्रहार गर्दै आफ्नो १२औं टि ट्वान्टी आईमा अर्धशतक पूरा गरे। यूएईका हैदर अलिले ४ ओभरमा १७ रनमात्र दिएर २ विकेट लिए।

लक्ष्य पछ्याउने क्रममा यूएईले पावरप्लेमा विकेट नगुमाई ४१ रन बनायो। तर सातौं ओभरमा अबरारले कप्तान मुहम्मद वासिमलाई आउट गरेपछि खेल पल्टियो। उनले त्यसपछि लगातार विकेट लिँदै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए। नवाजले एक विकेट झारे।

ओपनर अलिशान शराफुले ५१ बलमा ६७ रनको उत्कृष्ट इनिङ खेले । तर ब्याटरले साथ दिन नसक्दा यूएई २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रनमै सीमित भयो।

अब फाइनलमा पाकिस्तानले आइतवार शारजाहमै अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.