3 months ago
September 8, 2025
एजेन्सी – पाकिस्तानले फाइनलमा अफगानिस्तानलाई ७५ रनले पराजित गर्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिज जितेको छ।
सारजाहमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४१ रन बनायो। कप्तान सलमान अली आघाले २४ रन बनाए भने मोहम्मद नवाजले २१ बलमा २ छक्कासहित २५ रन जोडे।
अफगानिस्तानका रशिद खानले ३ विकेट, नुर अहमद र फजलहक फारुकीले समान २ विकेट लिँदै पाकिस्तानलाई ठूलो स्कोर बनाउन दिएनन्।
जवाफमा अफगानिस्तानको इनिङ सुरुदेखि नै धराशायी बन्यो। स्पिनर मोहम्मद नवाजले छैटौं र आठौं ओभरमा लगातार ३ विकेट लिएर ह्याट्रिक पूरा गरे। उनले १९ रन खर्चेर ५ विकेट लिए।

अबरार अहमद र सुफयान मोकीमले समान २ विकेट लिए। अफगानिस्तान १५.५ ओभरमा अल आउट हुँदै ६६ रनमा समेटियो ।
टि ट्वान्टी आईमा ह्याट्रिक गर्ने नवाज तेस्रो पाकिस्तानी खेलाडी बने । उनी खेलको ‘प्लेयर अफ द म्याच’ पनि बने।
सिरिजमा घरेलु टोली युएई पनि थियो। ३ टोलीले एकअर्कासँग २ पटक खेल्दा युएईले कुनै खेल जित्न सकेन। पाकिस्तान र अफगानिस्तानले समूह चरणमा खेल्दा समान एक खेल जितेका थिए।
यो त्रिकोणात्मक सिरिज मंगलवार सुरु हुने एसिया कपको तयारीका लागि आयोजना गरिएको थियो।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]