default_image

3 months ago

September 13, 2025

पाकिस्तानको‌ विजयी सुरुवात

782 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले जितबाट एसिया कपको सुरुवात गरेको छ। दुबईमा शुक्रवार पाकिस्तानले ओमानलाई ९३ रनले पराजित गर्‍यो।

मोहम्‍मद हारिसले ४३ बलमा ६६ रन बनाएपछि २ पटकको च्याम्पियन पाकिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६० रनको योगफल बनायो। त्यसपछि ओमानलाई १६.४ ओभरमा ६७ रनमा अलआउट गरायो।

पाकिस्तानले सहज जित भने पाएन । तर यो वर्षको प्रतियोगितामा यो ठूलो जित हात पारेका प्रमुख टोलीको चौथो उदाहरण बन्यो। यसअघि भारतले युएईलाई ५७ रनमै अलआउट गर्दै ९ विकेटले जितेको थियो ।अफगानिस्तानले हङकङलाई ९४ रनले र बंगलादेशले ७ विकेटले हराएका थिए।

ओपनर साइम अय्युब र कप्तान सलमान आघा पहिलो बलमै शून्यमा आउट भए। हारिस १३औँ ओभरमा स्पिनर आमिर कलिमको बलमा आउट भएपछि पाकिस्तानको गति रोकियो । तेस्रो विकेटको रुपमा हारिस बाहिरिँदा टोलीको स्कोर १ सय २ थियो। ओमानका कलिमले ३१ रन खर्चेर ३ विकेट लिए।

गत वर्षको टि ट्वान्टी विश्वकपमा खेलिसकेको र आउँदो वर्ष २०२६ को विश्वकपका लागि एसिया क्वालिफायर खेल्ने ओमानले जवाफी ब्याटिङमा ४१-२ सम्म राम्रो सुरुआत गरेको थियो। तर त्यसपछि १० रनभित्र ७ विकेट गुमायो । त्यसबीचमा २६ रन थप्दा इनिङ ६७ रनमै टुङ्गियो।

पाकिस्तानी फाहिम अशर्फले २ विकेट ६ रनमा, सु्फियान मुकीमले २ विकेट ७ रनमा र अय्यूबले अफस्पिनमा २ विकेट ८ रनमा लिए।

पूर्व कप्तान बाबर आजम र मोहम्मद रिजवानलाई यसपटक टोलीमा नराखेको पाकिस्तानले आइतवार दुबईमै भारतविरुद्ध खेल्नेछ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.