default_image

3 months ago

September 15, 2025

ओमानलाई हराएसँगै युएईको सुपर फोर सम्भावना कायमै

762 views

0 Bookmark

एजेन्सी – घरेलु टोली युएईले सोमबार राती एसीसी टी-२० एसिया कपमा ओमानलाई ४२ रनले हराउदै सुपर फोरको सम्भावना कायमै राखेको छ ।

जित्नलाई १ सय ७३ रनको लक्ष्य पछ्याएको ओमान १८.४ ओभरमा १ सय ३० रनमा अल आउट भयो । ओमानका कप्तान जतिन्दर सिँह २०, अर्यान बिष्ट २४ र बिनायक शुक्ला २० रन बनाउन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकीले ४ ओभरमा २३ रन खर्चेर ४ विकेट लिए । हैदर अलि र महम्मद जवादुल्लाले २-२ विकेट लिए ।

त्यसअघि आबुधावीमा टस हारेर ब्याटिङको निम्तो पाएको युएईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७२ रन बनाएको थियो । युएईका कप्तान मोहम्मद वासिमले ५४ बलमा ६ चौका र ३ छक्कासहित सर्वाधिक ६९ रन बनाए ।

अर्का ओपनर एलिशान शराफुले ३८बलमा ७ चौका र १ छक्कासहित ५१, मोहम्मद जैब २१ र हर्षित कौशिकले १९ रन बनाए । ओमानका जितेन रमानान्दीले २, हसैन साह र साम्य श्रीभाष्तवले १-१ विकेट लिए ।

युएईले आफ्नो अन्तिम खेल बुधवार पाकिस्तानसँग खेल्नेछ । पाकिस्तान र युएईबीचको खेलको विजतो टोली सुपर फोरमा पुग्ने समिकरण बनेको छ । समूह ए बाट भारत लगातार दुई जितका साथ आधिकारीक रुपमै सुपर फोरमा पुगि सकेको छ । समान दुई खेलमा २-२ अंक भएपनि पाकिस्तान नेटरनरेटमा माथि रहँदै दोस्रो र युएई तेस्रो स्थानमा छ ।

December 5, 2025

लुम्बिनी प्ले अफमा, जनकपुर बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]

December 5, 2025

लुम्बिनीलाई सहज चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

Success

Thank you for your time.