3 months ago
September 17, 2025
एजेन्सी – एसिसी टि ट्वान्टी एसिया कपमा भारतका कप्तान, खेलाडी र अफिसललाई हात मिलाउन नलगाएकोमा जिम्बावेका पूर्व क्रिकेटर तथा आइसिसीका म्याच रेफ्री एन्डी पाइक्राफ्टले पाकिस्तानसँग माफी मागेका छन् ।
गएको आइतवार भएको खेलमा भारतका कप्तान सूर्यकुमार यादवले टसको समयमा पाकिस्तानका कप्तान सलमान अली अघासँग हात मिलाएनन् ।
त्यति मात्रै होइन भारतले पाकिस्तानलाई ७ विकेटले हराएपछि कप्तान सूर्य र शिबम दुबे पाकिस्तानी खेलाडी तथा अम्पायरसँग हात नमिलाई ड्रेसिङ रुममा लागेका थिए । पेभेलिएन र डग आउटमा भएका भारतीय खेलाडी, कोच र अफिसलपनि मैदानमा हात मिलाउन आएनन् ।
तर पाकिस्तानी खेलाडी भने हात मिलाउन तयार थिए । भारतीय खेलाडी नआएपछि खेलपछि गरिने कप्तान कुराकानीमा सलमान अली अघापनि गएनन् ।
उक्त खेलका म्याच रेफ्री एन्डीले भारतीय कप्तान र खेलाडीलाई खेल भावना अनुसार हात मिलाउन लगाउनु पर्ने भन्दै पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले असन्तुष्टि जनाएको थियो ।
पिसिबी आइसिसीलाई उक्त खेलका म्याच रेफ्री एन्डीलाई एसिया कपबाटै हटाउनु पर्ने अन्यथा अन्तिम खेल युएईविरुद्ध नखेल्ने चेतावनी दिएको थियो । तर आइसिसीको पाकिस्तानको त्यो माग अस्वीकार गरेको थियो ।
त्यसैको कारण आज हुने युएईविरुद्धको खेलमा पाकिस्तान समयमै मैदान पुगेन । खेल एक घण्टा पछि धकेलियो । उता पिसिबी तथा एसियन क्रिकेट काउन्सिल(एसीसी) का अध्यक्ष मोहसीन नक्वीले पूर्वअध्यक्ष रमिज राजा र नाजम सेठ्ठीसँग बुधवार साँझ लाहोरमा यो विषयमा छलफल गएका थिए ।
एन्डीले पाकिस्तानका कप्तान, प्रशिक्षक र टिम म्यानेजरसँग बसेर माफी मागेपछि पाकिस्तान खेल्न तयार भएको हो । केहि महिना अघि भारतको जम्मु कश्मिरमा रहेको गहलगाममा पाकिस्तानी आतंककारी आक्रामण भएपछि दुबै देशको राजनीतिसँगै खेलकुद सम्बन्ध पनि बिग्रिएको थियो ।
यसअघि भारत र पाकिस्तानका खेलाडीले खेलको समयमा हात मिलाउनुको साथै कुराकानी गर्दै आएका थिए । उक्त आक्रामण पछि भने भारतीय खेलाडीले हात मिलाउन र कुराकानी गर्न अस्वीकार गरेका हुन् ।
पाकिस्तान र युएईबीचको खेल नेपाली समय अनुसार आज साँझ ८ : ३० बजे सुरु हुनुपर्ने थियो । तर पाकिस्तान टोली खेल सुरु हुनु भन्दा आधा घण्टासम्म होटलमै बसेको थियो ।
पछि सहमति भएपछि पाकिस्तान दुबई मैदान पुगेको थियो । युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पाकिस्तान र युएईसँगको खेलको म्याच रेफ्रीमा एन्डी नै छन् ।
पाकिस्तान र युएईबीचको खेलको विजेता टोली समूह ‘ए’ बाट सुपर फोरमा पुग्ने समिकरण बनेको छ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]