3 months ago
September 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान) ले जेन जी आन्दोलनका क्रममा सहादत प्राप्त गर्नेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ।
टियु मैदानमा आज राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका पदाधिकारी तथा राष्ट्रिय टोलीका खेलाडीलगायतले समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।सहिदको सम्झनामा दीप प्रज्वलनसहित मौन धारण गरिएको थियो।
त्यसपछि एक कार्यक्रमको आयोजना गर्दै क्यानले वेस्ट इन्डिजसँगको ३ टि ट्वान्टी आई सिरिजमा जान लागेको राष्ट्रिय क्रिकेट टोलीलाई शुभकामनासहित बिदाइ गरेको छ।

सामान्यतया फुल माला खादा सहित बिदाइ गर्ने परम्परा भएपनि आज क्यानले शोकको कारण शुभकामनाले मात्र बिदाइ गरेको जनाएको छ। साथै क्यानले वेस्ट इन्डिजसँगकप सिरजको नाम युनिटी सिरिज राखेको छ।
कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो खेलको टिकटबाट उठेको रकम प्रधानमन्त्री राहत कोषमा प्रदान गरिने पनि घोषणा गरे।
सो अवसरमा एनपिएलका सहभागी ८ टोलीका मालिकहरुको पनि उपस्थिति थियो। ८ टोलीको सहमति एनपिएलको पहिलो दिनको टिकटबाट उठ्ने रकम सरकारलाई दिने निर्णय भएको खड्काले बताए।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]