default_image

2 months ago

November 1, 2025

नेपालद्वारा अमेरिकालाई प्रतिस्पर्धात्मक लक्ष्य

677 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले अमेरिकासामु जितका लागि २ सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ७१ रन जोड्यो ।

दुबईस्थित आइसीसी एकडेमीको मैदानमा अमेरिकाले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएपछि नेपाल ब्याटिङमा उत्रिएको थियो । नेपालका लागि मध्यक्रममा दीपेन्द्रसिंह ऐरीले ७५ रनको आक्रामक  इनिङ खेल्दै नेपाललाई राम्रो स्कोरसम्म पुर्याएका थिए । ४६ औं ओभरमा आउट हुनुअघि उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गरे ।

ओपनर कुशल भुर्तेल (४७), भीम सार्की (४३) र रोहित पौडेल (३६) ले राम्रो सुरुवात पाएपनि त्यसलाई ठुलो स्कोरमा बदल्न सकेनन् । करण केसीले तल्लोक्रममा आक्रामक इनिङ खेलेपछि नेपालले २ सय ५० को आँकडा पार गरेको थियो । उनी अर्धशतकबाट १ रनले चुके ।

त्यसअघि नेपालले दोस्रो ओभरको दोस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएर खराब सुरुवात पाएको थियो । आसिफ पहिलो बलमा २ रन कुदेपछि दोस्रो बलमा नोस्थस केंजिगेबाट बोल्ड भए ।

त्यसपछि कुशल र भीमले दोस्रो विकेटका लागि ८६ रनको साझेदारी गरे । २० औं ओभरमा कुशल ठूलो सट खेल्ने धुनमा हर्मित सिंहको बलमा क्याच आउट भएपछि साझेदारी तोडिएको थियो । उनले ६५ बलमा २ चौका र २ छक्कासहित ४७ रन बनाए ।

त्यसको २ ओभरपछि नै भीम पनि हर्मितकै शिकार बने । ५८ बलमा ४ चौकासहित ४३ रनमा खेल्दा उनी बोल्ड हुन पुगेका थिए । आरिफ शेख पनि लामो समय क्रिजमा रहन सकेनन् । ८ बलमा २ रन जोड्दै उनी सौरभ नेत्रभलकरको बलमा क्याच आउट भए । उनी आउट हुँदा टिम १०६-४ को स्थितिमा पुग्यो ।

पाँचौ विकेटका लागि दीपेन्द्र र रोहितले ८९ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा ल्याए । ३५ रन जोडेका रोहितले ३८ औं ओभरमा हर्मितको बलमा क्याच हुनुअघि ४६ बल खेल्दै २ चौका प्रहार गरे । गुलशन झा ११ बलमा ५ रन जोड्दै जस्दिप सिंहको बलमा क्याच आउट भए ।

तल्लोक्रममा करण केसीले आक्रामक ब्याटिङ गरे । उनले ४९ औं ओभरमा आउट हुनुअघि ३१ बलमा ४९ रन जोडे । करणले २ चौका र ३ छक्का प्रहार गरे । अन्तिम बलमा जस्दिपले वाइड फ्याँक्दा सिंगल लिने सुरमा ललित रनआउट हुँदा नेपाल १ बल बाकी रहँदा अलआउट भएको थियो ।

अमेरिकाका लागि हर्मितले ३ विकेट लिँदा नोस्थस केन्जिगे र सौरभ नेत्रभलकरले २-२ विकेट हात पारे । शुभम रन्जने र जस्दिप सिंहले १-१ विकेट लिए ।

सिरिजको सुरुवाती दुवै खेलमा नेपाल पराजित भएको छ । अमेरिका भने जारी सिरिजको दुवै खेलमा विजयी रहेको थियो । अंक तालिकामा नेपाल सातौं तथा अमेरिका शीर्ष स्थानमा छ ।

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.