default_image

2 months ago

November 1, 2025

इंग्लिस ब्याटर चार्ल्सवर्थ काठमान्डु गोर्खाजमा

313 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि चौथो विदेशी खेलाडीको रुपमा बेन चार्ल्सवर्थलाई लिएको छ । देव्रे हातले ब्याटिङ र दाहिने हातले बलिङ गर्ने यी २४ वर्षे अलराउन्डर ग्लोसेस्टरसायरबाट इंग्लिस काउन्टी खेल्दै आएका छन् ।

करण केसी मार्की रहेको गोर्खाजले यसअघि नै इंग्ल्यान्डमा खेल्दै आएका दक्षिण अफ्रिकाका विकेटकिपर–ब्याटर रिकार्डो भास्कोनेसेलोस, नामिबियाका कप्तान जेरहार्ड इरसमस र अमेरिकी ब्याटर मिलिन्द कुमारलाई आउदो सिजनको एनपिएलका लागि अनुबन्धन गरिसकेको छ ।

चार्ल्सवर्थले १७ वर्षको उमेरमा ग्लोसेस्टरसायरबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरेका थिए । त्यसयता उनी निरन्तर सोहि टोलीबाट काउन्टीमा खेल्दै आएका छन् र ५७ खेलमा ३१ माथिको औषतमा २७५४ रन बनाइसकेका छन्, जसमा ४ शतक र १५ अर्धशतक छ । सोक्रममा उनले ३० विकेट पनि लिएका छन् ।

चार्ल्सवर्थले २८ लिष्ट ‘ए’ खेलमा १ हजार रनको आँकडा छुनेक्रममा छन् । ट्वान्टी–२० मा उनले ४४ खेलमा ३ अर्धशतकसहित ७७६ रन बनाइसकेका छन् । उनले १४५ माथिको स्ट्राइक रेटमा यो रन बनाएका हुन् । इंग्ल्यान्डबाट यू–१९ मा प्रतिनिधित्व गरिसकेका चार्ल्सवर्थ गत सिजनको यूएईको आईएल टी २० मा एमआई इमिरेट्सको टोलीमा रहेका थिए ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको गोर्खाज गत सिजन प्लेअफमा पुग्न सकेको थिएन ।

पूर्ण टोली :

करण केसी, भीम सार्की, साहब आलम, मोहमद आदील आलम, राशिद खान, प्रतिक श्रेष्ठ, दीपेश कँडेल, उत्तम मगर, आकाश त्रिपाठी, सन्तोष यादव, तुल बहादुर थापा

विदेशी खेलाडी : रिकार्डो भास्कोनेसेलोस, जेरहार्ड इरसमस, मिलिन्द कुमार, बेन चार्ल्सवर्थ

मुख्य प्रशिक्षक : मोन्टि देशाइ

सहायक प्रशिक्षक : वसन्त शाही

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.