2 months ago
November 1, 2025
एजेन्सी – इंग्ल्याण्ड फेरि पनि कमजोर ब्याटिङका कारण पराजित भएको छ। न्यूजिल्यान्डले वेलिङटनमा भएको तेस्रो तथा अन्तिम ओडिआईमा २ विकेटले जित निकाल्दै सिरिज ३-० ले क्लिन स्विप गरेको छ ।
न्युजिल्यान्डले टस जितेर फिल्डिङ रोजेको थियो। पहिले ब्याटिङ गर्दै इङ्ल्यान्डको शीर्षक्रम फेरि कमजोर सावित भयो ।
जो रुट २ रनमा, कप्तान ह्यारी ब्रुक ६ मा र बेन डकेट ८ मा आउट भए। टोलीले ४४ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। जेमी ओभरटनले सम्हालिदै ६८ रन बनाएपछि इंग्ल्याण्डले ४०.२ ओभरमा सबै विकेट गुमाएर २ सय २३ रनमा अलआउट भयो।
न्युजिल्यान्डका ब्ल्यार टिक्नरले ४ र ज्याकब डफीले ३ विकेट लिए।
२ सय २४ रनको लक्ष्य पछ्याउँदै न्यूजिल्यान्ड एक समय १ सय ८७ रन जोड्दा ५ विकेट गुमाएको थियो। तर कप्तान मिचेल सान्टनर (२७) र ड्यारेल मिचेल (४४) आउट भएपछि टोली दबाबमा परेको थियो।
त्यसपछि पनि जाक फाउल्क्स र ब्लेयर टिक्नरले नवौं विकेटमा २७ रनको अविजित साझेदारी गर्दै घरेलु टोलीलाई जिताए।
न्युजिल्यान्डले ४४.४ ओभरमा ८ विकेट गुमाउँदै जित निकालेको थियो। इंग्ल्याण्डका लागि जेमी ओभरटन र साम कुरानले समानले समान २ विकेट लिए।
अब यही टोलीका ७ खेलाडी अस्ट्रेलिया जानेछन् । जहाँ नोभेम्बर २१ देखि सुरु हुने एशेज सिरिजको तयारी गर्नुपर्नेछ।
ह्यारी ब्रुकको कप्तानीमा ओडिआई टोलीले यो वर्ष १५ मध्ये ११ खेल हारेको छ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]