2 months ago
November 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ छनोट भएका छन् ।
काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि बुधवार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।
मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।
विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेका युवा नटराजन त्यसबाट उत्कृष्ट खेलाडी बनेका थिए ।
प्रशिक्षक शाही, दक्षिण एसियाली खेलकुदमा करातेबाट दोहोरो स्वर्ण पदक जितेका एवंम काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर मन्देकाजी श्रेष्ठ र वागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले नटराजनलाई गोर्खाजको जर्सी प्रदान गर्दै ‘आइकोनिक खेलाडी’ बनेको घोषणा गरेका थिए ।
नटराजनले अव काठमान्डु गोर्खाजको टोलीबाट एनपीएल खेल्ने छन् । उनले त्यसवापत १ लाख रुपैंया पारिश्रमिक पाउने छन् ।
दोस्रो चरणको ६० खेलाडीबाट काठमान्डु गोर्खाजले नटराजनसहित कुल १७ खेलाडी छनोट गरेको थियो । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ ।
अथर्व पौडेल, शार्दुल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डेभलपमेन्टबाट छनोट गरेको हो । डेभलपमेन्ट टोलीका प्रत्यके खेलाडीलाई जनही २५ हजार प्रदान गरिने र उनीहरुले एनपीएल भरी गोर्खाजको टोलीमै रहेर प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जनाए ।
डेभलपमेन्ट टोलीलाई काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर नेपाली फुटबल टोलीका सदस्य विकेश कुथु, भलिबलकी राष्ट्रिय खेलाडी पुनम चन्द, होटल ब्यवसायी संघका सचिव अनिश बाँनिया, वानडे क्रिकेट एकेडेमीका सञ्चालक पुरुषोत्तम झाले सम्मान गरेका थिए ।
त्यस्तै क्रिकेटका अन्य गतिविधि गर्न गोर्खाजले ट्यालेन्ट हन्ट ११ टोली बनाएको छ । यो टोलीमा चन्द्रकान्त पौडेल, सार्थक धिताल, आदर्श भण्डारी, सागर घिमिरे, गणेश गौतम, सौरभ साखकर्मी, दीवश क्षेत्री, नितेश कुमार, राकेश चौरसिया, दीवश कुँवर र युगान्त कार्की छनोट भएका छन् ।
यसअघि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बलिङ, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले ब्याटिङ र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले बलिङ गर्दै ट्यालेन्ट हन्ट कार्यक्रममा सुरुआत गरेका थिए ।
क्यान सचिव पारस खड्काले १२ दिन बाँकी रहेको समयमा एनपीएलको तयारी तीब्र गतिमा भइरहेको र यसले नेपाली क्रिकेटलाई मजबुत बनाउने बताए ।
उद्घाटन समारोहमा क्यान सदस्य सुदीप शर्मासहित भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम पूर्व राष्ट्रिय खेलाडी मनीषराज पाण्डे, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठ लगायतले एनपीएलले खेलाडीलाई ठुलो अवसर बनाइदिइरहेको जनाएका थिए ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]