default_image

1 month ago

November 6, 2025

नटराजन काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’

754 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नटराजन साह काठमान्डु गोर्खाजको ‘आइकोनिक खेलाडी’ छनोट भएका छन् ।

काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटका लागि बुधवार गरेको ‘ट्यालेन्ट हन्ट’ बाट देव्रहाते फास्ट बलर नटराजन ‘आइकोनिक खेलाडी’ बनेका हुन् ।

मुलपानी स्थित वान डे क्रिकेट एकेडेमीमा भएको ‘ट्यालेन्ट हन्ट’ मा झन्डै १ हजार खेलाडीले आफ्नो कौशलता देखाएका थिए । काठमान्डु गोर्खाजका प्रशिक्षक वसन्त शाही ठकुरीको नेतृत्वमा रहेको प्रशिक्षण टोलीले दोस्रो चरणमा ६० खेलाडी छनोट गरेको थियो ।

विगतमा काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टरमा प्रशिक्षण गरेका युवा नटराजन त्यसबाट उत्कृष्ट खेलाडी बनेका थिए ।

प्रशिक्षक शाही, दक्षिण एसियाली खेलकुदमा करातेबाट दोहोरो स्वर्ण पदक जितेका एवंम काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर मन्देकाजी श्रेष्ठ र वागमती प्रदेश क्रिकेट संघका प्राविधिक प्रमुख अरुण सत्यालले नटराजनलाई गोर्खाजको जर्सी प्रदान गर्दै ‘आइकोनिक खेलाडी’ बनेको घोषणा गरेका थिए ।

नटराजनले अव काठमान्डु गोर्खाजको टोलीबाट एनपीएल खेल्ने छन् । उनले त्यसवापत १ लाख रुपैंया पारिश्रमिक पाउने छन् ।

दोस्रो चरणको ६० खेलाडीबाट काठमान्डु गोर्खाजले नटराजनसहित कुल १७ खेलाडी छनोट गरेको थियो । आइकोनिक बाहेक अन्य ५ खेलाडीलाई गोर्खाजको डेभलपमेन्ट टोलीमा राखिएको छ ।

अथर्व पौडेल, शार्दुल भट्ट, विपिन न्यौपाने, सोनु देवकोटा र रिङजिन लामालाई डेभलपमेन्टबाट छनोट गरेको हो । डेभलपमेन्ट टोलीका प्रत्यके खेलाडीलाई जनही २५ हजार प्रदान गरिने र उनीहरुले एनपीएल भरी गोर्खाजको टोलीमै रहेर प्रशिक्षण गर्ने प्रशिक्षक शाहीले जनाए ।

डेभलपमेन्ट टोलीलाई काठमान्डु गोर्खाजका ब्रान्ड एम्बासडर नेपाली फुटबल टोलीका सदस्य विकेश कुथु, भलिबलकी राष्ट्रिय खेलाडी पुनम चन्द, होटल ब्यवसायी संघका सचिव अनिश बाँनिया, वानडे क्रिकेट एकेडेमीका सञ्चालक पुरुषोत्तम झाले सम्मान गरेका थिए ।

त्यस्तै क्रिकेटका अन्य गतिविधि गर्न गोर्खाजले ट्यालेन्ट हन्ट ११ टोली बनाएको छ । यो टोलीमा चन्द्रकान्त पौडेल, सार्थक धिताल, आदर्श भण्डारी, सागर घिमिरे, गणेश गौतम, सौरभ साखकर्मी, दीवश क्षेत्री, नितेश कुमार, राकेश चौरसिया, दीवश कुँवर र युगान्त कार्की छनोट भएका छन् ।

यसअघि नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बलिङ, काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहियाले ब्याटिङ र प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले बलिङ गर्दै ट्यालेन्ट हन्ट कार्यक्रममा सुरुआत गरेका थिए ।

क्यान सचिव पारस खड्काले १२ दिन बाँकी रहेको समयमा एनपीएलको तयारी तीब्र गतिमा भइरहेको र यसले नेपाली क्रिकेटलाई मजबुत बनाउने बताए ।

उद्घाटन समारोहमा क्यान सदस्य सुदीप शर्मासहित भक्तपुर जिल्ला क्रिकेट संघका अध्यक्ष एवंम पूर्व राष्ट्रिय खेलाडी मनीषराज पाण्डे, ललितपुर जिल्ला क्रिकेट संघका अध्यक्ष शेखर श्रेष्ठ लगायतले एनपीएलले खेलाडीलाई ठुलो अवसर बनाइदिइरहेको जनाएका थिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.