default_image

9 years ago

April 5, 2017

आइपपिएल २०१७ आजबाट सुरु हुदै

138 views

0 Bookmark

भारत (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपपिएल) आजबाट सुरु हुदै छ । अप्रिल ५ बाट सुरु हुने प्रतियोगिताको फाइनल खेल मे २१ मा हुने छ ।

IPL

आइपपिएलको दशौं संस्करणको पहिलो खेलमा आज सनराइजर्स हैदराबादले आफ्नो घरेलु मैदानमा रोयल च्यालेन्जर्स बेंगलोरको सामना गर्ने छ । अघिल्लो सिजनको फाइनल खेलमा बेंगलोरलाई हराउदै हैदराबाद उपाधि आफ्नो नाममा पारेको थियो । खेल नेपाली समय अनुसार राति को ८:१५ मा सुरु हुनेछ ।

प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदै गरेका अफघानिस्तानका खेलाडीद्वय राशिद खान र मोहम्मद नाबीले आज हैदराबादबाट आइपिएलमा आज पहिलो खेल खेल्नेछन । ४ करोड भारतीय रुपैयामा अनुबन्धित खान खेलमा आकर्षणको विषय हुन् । बेंगलोरका लागि भने कप्तान बिराट कोहली र ए बि डी भिलियर्स चोटका कारण खेल्ने छैनन् । त्यस्तै के.एल राहुल पनि चोटका कारण पुरै सिजन बाहिरिने छन् ।

आठ टोलीको सहभागिता रहने प्रतियोगितामा शिर्ष चार टोलीले प्ले आफ खेल्ने छन् ।

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.