9 years ago
April 7, 2017
मुम्बई (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आइपिएल) को दोस्रो खेलमा बिहीबार राइजिङ पुने सुपरजाइन्टले मुम्बई इन्डियन्सलाई ७ विकेटले हराएको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । ४५ रनमा पहिलो विकेटका रुपमा ओपनर पार्थिव पटेल (१९) आउट भएको खेलमा मुम्बईले सातौं ओभरमा कप्तान रोहित शर्मा र जोस बटलरलाई गुमाएको थियो ।
मिडल अर्डरमा केभिन पोलार्ड र हार्दिक पानड्याले इनिङ्स सम्हालेपछि मुम्बईले पुने सामु १ सय ८५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । पुनेका लागि इमरान ताहिरले ३, रजत भाटियाले २ तथा बेन स्टोक्स र एडम जाम्पाले समान १ विकेट लिएका थिए ।
जावफमा ब्याटिङ गरेको पुने सुपरजाइन्टले कप्तान स्टेभेन स्मिथको उत्कृष्ट इनिङ्सको मद्दतमा ३ विकेट गुमाउँदै १ बलअघि १ सिय ८७ रन बटुलेको थियो । ओपनर अजिन्के राहनेले ३४ बलको सामना गर्दै ३ छक्का र ६ चौकाका साथ ६० रनको योगदान दिए भने कप्तान स्मिथले ५४ बलको सामना गर्दै ३ छक्का र ७ चौकासहित ८४ रनमा अविजित रहे । स्मिथले अन्तिम ओभरको चौथो र पाचौ बलमा छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए ।
त्यस्तै बेन स्टोक्स २१ रनमा आउट भए भने महेन्द्र सिंह धोनी १२ रनमा अविजित रहे । मुम्बईका लागि टिम साउथी , हार्दिक पानड्या र मिसेल म्याक क्लीनगनले समान १ विकेट लिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]