default_image

9 years ago

April 9, 2017

बेंगलोरसंग दिल्ली पराजित

180 views

0 Bookmark

बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत शनिबार भएको दोश्रो खेलमा दिल्ली डेयरडेभिल्स घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरसंग १५ रनले पराजित भएको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाऊँदै १५७ रनको योगफल खडा गरेको थियो। ओपनर क्रिस गेललाई ६ रनमा गुमाएको बेंगलोरले कप्तान वाटसनको ब्याटबाट २४ रनको योगदान पाएको थियो। लडखडाएको बेंगलोरको इनिङसलाई केदार जादभले सम्हालेका थिए। जादभले ३७ बलमा ६९ रन बनाऊँदा ५ चौका र ५ छक्का प्रहर गरेका थिए। दिल्लीका क्रिस मोरिसले ४ ओभरमा ३ विकेट लिए भने सहबाज नदीमले ४ ओभरमा जम्मा १२ रन खर्चेका थिए।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले राम्रो सुरुवात पाए पनि लगातार विकेट गुमाएपछि २० ओभरमा ९ विकेटको क्षतिमा जम्मा १४२ रन जोड्न सक्यो। उसका लागि रिसब पन्तले ३६ बलमा ३ चौका र ४ छक्काको मद्दतले ५७ रन बनाए। पाँचौ नम्बरमा ब्याटिङ गर्न आएका पन्तपछि कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बेंगलोरका लागि युजभेंद्र चहलले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिए भने वाटसनले पनि ४ ओभरमा २१ रन खर्चिदै १ विकेट लिए। जितका लागि १९ रन आवश्यक परेको अवस्थामा अन्तिम ओभर मात्र बलिङ गरेका नेगीले ३ रन दिएर २ विकेट लिए। उनले ओभरको पहिलो बलमै पन्तलाई पेभेलियन फर्काएपछि बेंगलोरको जित पक्का भएको थियो।

बेंगलोरका केदार जादभ खेलको म्यान अफ द म्याच भए।

December 5, 2025

जनकपुरले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]

December 4, 2025

सुदूरपश्चिम पहिलो क्वालिफायरमा, विराटनगर पनि प्ले अफमा

काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं‌ जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा‌ स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]

December 4, 2025

चितवनलाई सुदूरपश्चिम प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]

Success

Thank you for your time.