9 years ago
April 10, 2017
मुम्बई (एजेन्सी) – इन्डिएन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा मुम्बई इन्डिएन्सले कोलकाता नाइट राइडर्सलाई ४ विकेटले पराजित गरेको छ।

पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन जोेडेको थियो। मनिष पाण्डेले ४७ बलमा ८१ रनको उत्कृष्ट पारी खेलेपछि कोलकाताले राम्रो योगफल तयार पारेको थियो। ओपनरद्वय गौतम गम्भीर(१९) र क्रिस लिन (३२)ले राम्रो सुरुवात दिलाएपनि मध्यक्रमका अन्य ब्याट्सम्यान चल्न सकेनन्। मुम्बईका लागि क्रुनाल पाण्डेले ३ विकेट लिए भने लासिथ मालिङ्गाको नाममा २ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको मुम्बईले पनि राम्रो सुरुवात गर्यो। पार्थिव पटेल र जस बटलरले ६५ रनको साझेदारी गर्दै मुम्बईलाई जिततर्फ अग्रसर गराएका थिए। तर लगातार विकेट पतन भएपछि मुम्बई केहि दबाबमा देखिएको थियो। नितिस रानाले २९ बलमा ५० रन प्रहार गरेपछि मुम्बई खेलमा फर्किएको थियो। ११ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २९ रन जोडेका हार्दिक पाण्ड्याले जित सुनिश्चित पारेका थिए।
कोलकाताका लागि अंकित राजपुतले ३ विकेट लिएका थिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]
December 4, 2025
काठमाडौ (हाम्रो खेलकुद)- लगातारको छैटौं जितमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ। सुदूरपश्चिमले आज चितवन राइनोजलाई ४९ रनले हरायो। सुदूरपश्चिम जारी लिगको एक मात्र अपराजित टोली हो। चौथो हार बेहोरेको चितवनको भने प्ले अफ यात्रा निकै कठिन बनेको छ। चितवनको हारले विराटनगर किङ्सको प्ले अफ यात्रा पक्का […]
December 4, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा प्ले अफमा पुगिसकेको सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई जितको लागि १ सय ७० रनको चुनौती दिएको छ। टस जितेर चितवनले फिल्डिङ रोजेपछि सुदूरपश्चिमले २० ओभरमा विकेट ४ विकेट गुमाउँदै १ सय ६९ रन बनायो। विनोद भण्डारी र क्रिस लिन ओपनिङ ब्याटिङमा आए।लिनले मात्र २ रन जोड्दा जीवनदान […]