default_image

9 years ago

April 14, 2017

जितसंगै रुपन्देही अर्को चरणमा प्रवेश

129 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगमा शुक्रबारको पहिलो खेलमा रुपन्देही च्यालेन्जर्सले काठमाडौँ गोल्डेन्सलाई १५ रनले पराजित गरेको छ। लगातर तेश्रो जित दर्ता गरेको रुपन्देही अर्को चरणमा प्रवेश गर्ने पहिलो टोली बनेको छ।

टस जितेर ब्याटिङ रोजेको रुपन्देहीको इनिङ्सको सुरुवात खराब रह्यो। पहिलो बलमा सोमपाल कामीले हरिशंकर शाहलाई एलबिडब्लु धरापमा पार्दै पेभेलियन फर्काएपछि ब्याटिङमा आएका नुरध्वज शेनको बिष्फोटक ब्याटिङको मद्दतले रुपन्देहीले पारी सम्हालिएको थियो। नुरध्वज ३ छक्का र ३ चौकाको मद्दतले २२ बलको सामना गर्दै ३७ रन बनाएर फर्किए। नुरध्वजसँग ४६ रनको साझेदारी बनाएका शंकर रानाले ३६ बलमा १६ रन बनाए ।

त्यस्तै नुरध्वजको स्थानमा आएका पुष्प थापाले पनि मध्यक्रममा रुपन्देहीको स्कोरमा महत्वपूर्ण योगदान दिए। सोमपाल कामीको बलमा कट बिहाइन्ड हुनु अघि पुष्पले ४ चौका र १ छक्काको मद्धतले ३३ बलमा ३६ रन बनाएका थिए । रुपन्देहीले प्रकाश केसीको १२ तथा बिक्रम सोबले १ चौका र १ छक्का प्राहर गर्दै १० रनको योगदान दिदै १३५ रनको योगफल तयार पार्यो। बलिङतर्फ ४ ओभर गरेका सोमपालले १ मेडेन दिदै ४ विकेट लिए भने मन्जित श्रेष्ठ, कप्तान वसन्त रेग्मी र सन्तोष भट्टले १-१ विकेट लिए ।

१३६ रनको लक्ष्य पछ्याएको गोल्डेन्सले राम्रो सुरुवात गर्न सकेन र दोश्रो ओभरमै ओपनर नरेश बुढाएरलाई गुमायो। त्यसपछि ब्याटिङमा आएका कप्तान बसन्त रेग्मी पनि ४ रन जोड्दै पेभेलियन फर्के। ओपनर सुबेन्दु पाण्डेले १४ बलमा २० रन बनाउदै पारीलाई उकास्ने कोशिश गरेपनि उनि शक्ति गौचनको बलमा क्याचआउट भए।

मध्यक्रममा सुमित महर्जनले ३७ बलमा २७ रन जोड्दै स्कोर बढाएपनि अर्कोतिर लागत विकेट जाँदा गोल्डेन्स हारतर्फ उन्मुख भएको थियो। भुवन कार्की शुन्यमा आउट हुँदा सोमपालले ६ र मन्जित श्रेष्ठले ७ रन बनाएका थिए। पारीको अन्त्यतिर रोहित कुमार पौडेलले १७ बलमा २० रन प्रहार गर्दै केहि आशा देखाएपनि शक्तिले उनको विकेट लिंदै रुपन्देहीलाई खेलमा माथि राखेका थिए। हरिकृष्ण झाले अन्तिममा ब्याटिङ गर्दै ६ बलमा अविजित १६ रन बनाए भने सन्तोष भट्ट ३ रनमा अविजित रहे।

काठमाडौँले निर्धारित २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २० रन बनायो। रुपन्देहीका लागि कप्तान शक्ति गौचनले ३ विकेट लिए भने बिक्रम सोब र कृष्ण कार्कीको नाममा २/२ विकेट रह्यो। पुष्प थापा र शाहब आलमले पनि १/१ विकेट लिए।

अलराउन्ड प्रदर्शन गरेका पुष्प थापा खेलको म्यान अफ द म्याच भए।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.