default_image

9 years ago

April 14, 2017

पारस सम्मिलित चौराहाको लगातार तेस्रो हार

167 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – अघिल्लो खेलमा जित नजिक पुगेर चुकेको पारस खड्काको कप्तानीमा रहेको धनगढी टिम चौराहाले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको सिवाईसी अत्तरियासँग ४० रनको पराजय भोगेको छ। पराजयसंगै चौराहा प्रतियोगिताबाट बाहिरिने सम्भावना बढेको छ। चौराहाको यो लगातार तेस्रो पराजय हो भने अत्तरियाले ४ खेल खेल्दै २ मा जित हासिल गरेपछि प्ले अफमा पुग्ने सम्भावनालाई जिवितै राखेको छ ।

१४३ रनको लक्ष्य पछ्याएको चौराहाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १०२ रन जोड्यो। अत्तरियाका लागि महबुब आलमले गरेको पारीको तेस्रो ओभर निर्णायक रह्यो। आलमले उत्कृष्ट बलिङससंगै आदिल खान, आरिफ शेख र कप्तान पारसलाई रनको खाता नखोल्दै पेभेलियन फर्काएपछि चौराहाको चेजमा ठूलो झट्का लागेको थियो। कप्तान ज्ञानेन्द्र मल्लले सर्ट लेगमा उत्कृष्ट क्याच गर्दै आरिफलाई आउट बनाएपछि आएका पारस आफुले सामना गरेको पहिलो बलमै बोल्ड भएका थिए । महबुबले व्यक्तिगत ३ विकेट लिए ।

लगातार विकेट गुमाएको चौरहाको लागि १०औं नम्बरमा ब्याटिङ गरेका रामनरेश गिरिले शानदार ब्याटिङ गरेपछि चौराहा प्रतियोगिताको कम रनमा सिमित हुनबाट जोगियो। ३८/८को स्थितिमा आएका  गिरिले ४ छक्काको मद्धतले २० बलमा ३९ रनको योगदान दिएका थिए। सौरब खनालले ३१ बलमा २३ रन बनाए भने ओपनर अनिल मण्डलले २५ बलमा १९ रन जोडे। चौराहाका अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन्। आलमसंगै सुरेन्द्र चन्दले पनि ३ विकेट लिएका थिए भने बिनोद लामाको नाममा २ विकेट रह्यो।

टस जितेर पहिलो ब्याटिङ गरेको सिवाईसी अत्तरियाले खेलमा राम्रो सुरुवात गर्दै ४ विकेटको क्षतिमा १४२ रन बनाएको थियो । आफ्नो ब्याटिङ अर्डर परिवर्तन गरेको अत्तरियाका लागि ओपनर रोशन नेपालीले ४४ बलको सामना गर्दै ३२ रनको योगदान दिएका थिए भने दिलिप नाथले १३ रन बनाएका थिए। त्यस्तै तेस्रो नम्बरमा आएका प्रदिप ऐरीले ३१ बलमा २६ रन बनाए । करण केसी र योगेन्द्र सिंह कार्कीको बिच राम्रो साझेदारी बनेपछि अत्तरियाले राम्रो लक्ष्य प्रस्तुत गर्न सफल भयो ।

बिष्फोटक ब्याटिङ गरेका करण १२ बलमा २५ रनमा अविजित रहे भने योगेन्द्र सिंहले ११ बलमा २७ रन जोडे। करण र योगेन्द्रको जोडीले पारीको अन्तिम २० बलमा अत्तरियाका लागि ४७ रन जोडे। टिम चौराहाका लागि सौरभ खनालले २ विकेट लिए भने आरिफ शेख र सुसान भारिले १-१ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच सीवाईसी अत्तरियाका महबुब आलम भए।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.