default_image

7 years ago

April 14, 2017

मेहबुब भन्छन्– कडा मेहेनतले फल दियो

धनगढी (हाम्रो खेलकुद)– सिवाईसी अत्तरियाले शुक्रबार टिम चौराहा माथि ४० रनको जित हासिल गर्दै ‘प्ले अफ’ मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको थियो । खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका मेहबुब आलमले ३ विकेट लिएका थिए । व्यक्तिगत दोस्रो ओभरमा ३ विकेट लिने क्रममा उनले आदिल खान, आरिफ शेख र कप्तान पारस खड्कालाई शुन्यमा […]

28 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– सिवाईसी अत्तरियाले शुक्रबार टिम चौराहा माथि ४० रनको जित हासिल गर्दै ‘प्ले अफ’ मा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको थियो । खेलमा म्यान अफ द म्याच प्रदर्शन गरेका मेहबुब आलमले ३ विकेट लिएका थिए । व्यक्तिगत दोस्रो ओभरमा ३ विकेट लिने क्रममा उनले आदिल खान, आरिफ शेख र कप्तान पारस खड्कालाई शुन्यमा आउट गरेका थिए ।

जितपछि मेहबुबले कडा मेहनतले नतिजा दिएको बताए । ‘ मैले राष्ट्रिय टोलीको क्याम्पमा २ महिना धेरै मेहेनत गरेको थिए ,’ उनले भने,‘ फिटनेसमा र बलिङमा मेहेनत गरेको नतिजा मैले केन्यासँगको खेलमा, बंगलादेशमा इमार्जिंङ कपमा र अहिले धनगढीमा पाइरहेको छु ।’
नेपाल क्रिकेट संघ ( क्यान ) निलम्बनमा रहँदा देशको सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेकोमा उनले सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगका आयोजकलाइ पनि धन्यबाद दिए । डिपिएल भइरहेको पिचको अवस्था र ब्याट्सम्यानले रन बनाउन नसक्नुको बारेमा धारणा राखेका छन् ।

भिडियोमा हेर्नुहोस

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.