9 years ago
April 15, 2017
धनगढी – एस.एस.पी मैदानमा जारी धनगढी प्रिमिएर लिगको छैठौं दिनको पहिलो खेलमा बिराटनगर किङ्सले कन्चनपुर आइकोनिकलाई ५ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

टस जितेर कन्चनपुरलाई ब्याटिङको लागि निम्तो दिएको बिराटनगरले ओपनर सगर पुन र सुनिल धमलालाई चौथो ओभरसम्ममा पेभेलियन फर्काएको थियो। सुनिल धमला पहिलो ओभरमा सुशील कँडेलको बलमा किपरबाट समातिए भने सागर पुन चौथो ओभरमा जितेन्द्र मुखियाको शिकार बने। हसिम अन्सारी र कुशल भुर्तेलले तेश्रो विकेटका लागि ४५ रनको साझेदारी गर्दै टोलीलाई उकासेका थिए।
तर कुशल भुर्तेल १९ रन बनाउदै सन्दीपको बलमा किपरबाट समातिएपछि कन्चनपुरको पतन सुरु भएको थियो। ललित सिंह भण्डारी पहिलो बलमै आउट हुँदा त्यसपछि आएका सिद्धान्त लोहनी पनि २ बल खेल्दै शुन्यमा पेभेलियन फर्के। हसिम अन्सारीपनि लगत्तै सुशील कँडेलको बलमा बोल्ड भए। ५८ रनको स्थितिमा ४ विकेट गुमाएको कन्चनपुरले ८० रनमा आफ्नो सम्पूर्ण विकेट गुमायो। हसिम अन्सारीले सर्वाधिक २७ रनको योगदान दिए भने अन्तिममा आशिष पोखरेलले १० रन जोडेका थिए।
बिराटनगरका सन्दिप लामिछाने र सुशील कँडेलले ४/४ विकेट लिएका थिए भने जितेन्द्र मुखियाको नाममा २ विकेट रह्यो।

८१ रनको सहज लक्ष्य पछ्याएको बिराटनगरलाई सागर पुनको उत्कृष्ट बलिङले केहि समस्यामा पारेपनि पाँच विकेट गुमाउदै लक्ष्यसम्म पुग्यो। ओपनर आकाश थापा र अमित श्रेष्ठले क्रमश: ९ र १२ रन बनाएका थिए भने आसिफ शेख र दिपेन्द्र सिंह ऐरीले खाता खोल्न सकेनन्। सागरले बिराटनगरको ५ विकेट सबै क्याच मार्फत लिएका थिए। एक समय २६/३को स्थितिमा रहेको बिराटनगरको ब्याटिङलाई कप्तान शरदले १५ बलमा ५ चौका र १ छक्काको मद्दतले २८ रन बनाउदै सम्हालेका थिए।
प्रनित थापा मगरले अविजित ११ रन बनाए भने अनिल शाहले ८ रनको योगदान दिए। पहिलो इनिङसमा ४ विकेट लिएका सुशील कँडेल म्यान अफ द म्याच भए।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]