9 years ago
April 17, 2017
बेंगलोर (एजेन्सी) – इन्डियन प्रिमिएर लिग अन्तर्गत आइतबार भएको दोश्रो खेलमा राइजिङ पुने सुपरजाएन्ट्सले घरेलु टोली रोयल च्यालेन्जर्स बेंगलोरलाई २७ रनले पराजित गरेको छ।

टस जितेर फिल्डिङ रोजेको बेंगलोरले राम्रो सुरुआत पाउन सकेन। पुनेका लागि ओपनर अजिङ्क्या रहाने र राहुल त्रिपाठीले पहिलो विकेटका लागि ६३ रनको साझेदारी गरेका थिए। रहानेले ३० रन बनाउँदा त्रिपाठीले ३१ रन जोडेका थिए। पुनेका लागि कप्तान स्मिथले २७ रन बनाएका थिए भने महेन्द्र सिंह धोनीले २८ रन जोडे।
मनोज तिवारीले ११ बलमा २७ रनको उत्कृष्ट पारी खेलेपछि पुनेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६१ रन जोडेको थियो। बेंगलोरका एडम मिल्न र अरविन्दले २/२ विकेट लिएका थिए। स्यामुएल बद्री, सेन वाट्सन र पवन नेगीको नाममा १/१ विकेट रह्यो।
१ सय ६२ रनको लक्ष्य पछ्याउन मैदान आएको बेंगलोरले दोश्रो ओभरमै ओपनर मन्दिप सिंहलाई गुमाएको थियो। त्यसपछि कप्तान विराट कोहली र एबी डे भिलिएर्सले पारी उकासेका थिए। छैठौं ओभरमा आउट हुनुअघि कोहलीले २८ रन बनाए। डि भिलिएर्स २९ रन जोड्दै स्टम्प्ड भएका थिए। मध्यक्रममा अन्य कुनै ब्याट्सम्यानले ठुलो स्कोर बनाउन नसकेपछि बेंगलोर पराजित भएको थियो।
बेंगलोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३४ रन जोडेको थियो। पुनेका सर्दुल ठाकुर र बेन स्टोक्सले ३/३ विकेट लिएका थिए। जयदेव उनदकटले २ विकेट लिँदा इमरान ताहिरको नाममा १ विकेट रह्यो।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]