default_image

9 years ago

April 17, 2017

शानदार जितसंगै पारसको चौराह प्लेअफमा

154 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – ब्याटिङमा कप्तान पारस खड्का र बलिङमा ललित नारायण राजवंशी चलेपछि धनगढी प्रिमिएर लिगअन्तर्गत लिग चरणको अन्तिम खेलमा शीर्षस्थानमा रहेको रुपन्देही च्यालेन्जर्सलाई ६ विकेटले पराजित गर्दै टिम चौराह धनगढीले एलिमीनेटरमा आफ्नो स्थान बनाएको छ।

विकेट लिएपछि खुसी मनाउदै ललित राजवंशी

सोमबार एसएसपी क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ रोजेको रुपन्देहीले सातौं नम्बरमा ब्याटिङ गर्न आएका प्रकाश केसीको अविजित रनको मद्दतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ९१ रनको योगफल खडा गर्यो। रुपन्देहीले आफ्नो सुरुका ४ विकेट १६ रनको स्थितिमा गुमाएको थियो। ललित नारायण राजवंशीले खेलको चौथो ओभरमा ३ विकेट लिएपछि रुपन्देही कम स्कोरमा सिमित हुने देखिएको थियो। ललितले आफ्नो पहिलो ओभरको पहिलो, चौथो र छैठौं बलमा क्रमश: शंकर राना (८), नुरध्वज सेन (६) र हरिशंकर साह (०)को विकेट लिएका थिए। त्यसको लगत्तै पाचौं ओभरमा सुशन भारीले पुष्प थापाको विकेट लिएपछि १६/०को स्थितिमा रहेको रुपन्देही १६/४को स्थितिमा आइपुगेको थियो।

ब्याटिङ गर्दै प्रकाश केसी

अन्तिम थापा र राजेश पुलामी मगरले ३७ बलमा १८ रन जोड्दै पारीलाई सम्हालेका थिए। अन्तिम ११ रन बनाउदै सौरभ खनालको बलमा बोल्ड भए भने राजेश ललितको बलमा कट बिहाईन्ड भए। प्रकाश केसी र शक्ति गौचनले अविजित ४९ रनको साझेदारी गर्दै टोलीलाई सम्मानजनक योगफल तर्फ डोर्याएका थिए। प्रकाशले आरीफ शेखको अन्तिम ओभरमा मात्रै २५ रन प्रहार गरेका थिए। उनले ३४ बलमा ४ चौका र ३ छक्का सहित अविजित ४९ रन जोडे। चौराहका लागि ललितले ४ विकेट लिंदा सुशन भारी र सौरभ खनालले १/१ विकेट लिए।

प्रतियोगितामा १ खेलमा मात्र जित दर्ता गरेको चौराहलाई प्लेअफमा पुग्न रुपन्देहीले दिएको ९२ रनको लक्ष्य १४.३ ओभर भित्र पुरा गर्नुपर्ने दबाब थियो। ओपनर राजु रिजाल र अनिल मण्डलले राम्रो सुरुवात दिलाएपनि लगातर विकेट गएपछि चौराहलाई केहि गार्हो हुने देखिएको थियो। ८ बलमा १३ रन जोडेका राजु कृष्ण कार्कीको बलमा बोल्ड भए भने अनिल दुर्गेश गुप्ताको बलमा कट बिहाईन्ड भए। २५ रनको स्थितिमा आउट भएका अनिलले ८ रन जोडे।

कप्तान पारस खड्काले आफुले खेलेको पहिलो बल रोकेपछि लगातार ५ चौका प्रहार गर्दै टोलीलाई माथि उकासेका थिए। पारसले २१ बलमा ४२ रन बनाउदै टोलीलाई जिततर्फ डोर्याएका थिए। साहब आलमको बलमा क्याच आउट हुनुअघि उनले ७ चौका र २ छक्का प्रहर गरेका थिए। त्यसअघि अमर सिंह राउटेलाले तेश्रो नम्बरमा आएर ७ बलमा ३ चौका सहित १३ रन बनाएका थिए।

पारस खड्का आउट भएको सट

पृथु बास्कोटाले छक्का प्रहार गर्दै चौराहको जित पक्का गरेका थिए। उनले ९ बलमा २ चौका र १ छक्का हान्दै चौराहको प्लेअफमा स्थान सुरक्षित गरेका थिए। काठमाडौँ, चौराह, अत्तरिया र कन्चनपुरको समान अंक भएपनि राम्रो रनरेटका आधारमा चौराह र गोल्डेन्स एलिमीनेटरमा प्रवेश गरेका हुन्।

खेलमा ४-२-५-४को उत्कृष्ट बलिङ प्रदर्शन गरेका ललित नारायण राजवंशी म्यान अफ द म्याच घोषित भए।

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

December 6, 2025

विराटनगरलाई मध्यम चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १ सय ४८ रनको चुनौती दिएको छ। टस जितेर विराटनगरले बलिङ रोज्यो। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो। सुदूरपश्चिमले पहिलो पावर प्लेको सदुपयोग गर्न सकेन। ३६ रन मात्र जोड्दा १ विकेट गुमायो। चौथो ओभरमा […]

Success

Thank you for your time.