default_image

9 years ago

April 17, 2017

दिल्लीलाई पराजित गर्दै कोलकता आईपिएलको शीर्ष स्थानमा उक्लियो

144 views

0 Bookmark

भारत (एजेन्सी)- इन्डियन प्रिमियर लिगमा अन्तर्गतको आजको पहिलो खेलमा दिल्ली डेरडेभिल्सलाई ४ विकेटले पराजित गर्दै कोलकता अंक तालिकको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।
 टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनाएको थियो। दिल्लीका लागि प्रारम्भिक ब्याट्सम्यान संजु सामसनले २५ बलमा सर्भाधिक ३९ रन बनाए। उनले पहिलो विकेटका लागि बिलिंग्ससंग ५३ रनको साझेदारी गरेको थिए। साम बिलिंग्सले १७ बलमा २१ रन जोडे। पाचौ नम्बरमा ब्याटिंग गर्न आएका रिसभ पन्तले ४ छक्क र २ चौकाको मदतमा १६ बलमा ३८ रन बनाए। कोलकताका बलर कोल्टरनाइलले ४ ओभरमा २२ रन खर्चिदै ३ विकेट लिए।
जवाफी ब्याटिंगमा ओर्लिएको कोलकाताले १९.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो। कोलकताको सुरुआत राम्रो हुन सकेन ।ओपनर कोलिन १ रनको व्यक्तिगत रनमा जाहिर खानको बलमा साम बिलिंग्सको हातबाट समातिए र कप्तान गौतम गम्भीर पनि १४ रनको व्यक्तिगत रनमा पेभेलियन फर्किए। कोलकताका लागि युसुफ पठान र मनिष पाण्डेले सम्हालिएर ब्याटिंग गर्दै चौथो विकेटका लागि ११० रन को साझेदारी गरेका थिए। पठानले ३९ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५९ रन जोडे भने मनिषले ४९ बलमा ३ छक्का र ४ चौकाको मदतमा अविजित ६९ रनको इनिंग खेले। दिल्लीका लागि कप्तान जाहिर खान तथा प्याट कुमिन्सले २-२ विकेट लिए भने क्रिस मोरिस र अमित मिश्राले १-१ विकेट लिए।

 

December 20, 2025

गिल टि ट्वान्टी विश्वकप टोलीमा परेनन्

एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

Success

Thank you for your time.