9 years ago
April 18, 2017
धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिग अन्तर्गत लिग चरणको खेल समाप्त भएसंगै प्लेअफमा पुग्ने टोली र प्लेअफ समीकरण पनि पुरा भएको छ।

लिगको पाँच खेलमा ४ जित र १ हारसंगै ८ अंक जोडेको रुपन्देही लिग तालिकाको शीर्षस्थानमा रह्यो। उसले ६ अंक बोकेर दोश्रो स्थानमा रहेको बिराटनगर किङससंग पहिलो क्वालिफायर खेल खेल्नेछ। यस खेलमा जित हात पर्ने टोलीले फाइनलमा स्थान बनाउनेछ भने हर्ने टोलीले फाइनल पुग्न अर्को एक खेल जित्नु पर्ने हुन्छ। एलिमिनेटरको विजेता र पहिलो क्वालिफायरमा पराजित हुने टोलीले दोश्रो क्वालिफायरमा भिड्नेछन्।
एलिमिनेटरमा समान ४ अंक बोकेका तेश्रो स्थानको काठमाडौँ गोल्डेन्स र चौथो स्थानमा रहेको टिम चौराह धनगढी खेल्नेछन्। पुछारका ४ टोलीको समान ४ अंक भएपनि राम्रो रनरेटका कारण गोल्डेन्स र चौराह एलिमिनेटरमा पुगेका हुन्।
कन्चनपुर् आइकोनिक र सिवाईसी अत्तरिया पहिलो चरणबाटै बाहिरिएका छन्। पहिलो क्वालिफायर बुधबार ९ बजे हुनेछ भने एलिमिनेटर बुधबार दिउसो १ बजे सुरु हुनेछ। दोश्रो क्वालिफायर बिहिबार बिहान ९ बजेलाई राखिएको छ।
प्रतियोगिताको फाइनल खेल पहिलो र दोश्रो क्वालिफायरको विजेताबीच शनिबार हुनेछ।
December 20, 2025
एजेन्सी – भारतले आइसिसी पुरुष टि ट्वान्टी विश्वकप २०२६ का लागि घोषणा गरेको टोलीमा उपकप्तान शुभमन गिललाई परेनन् । दक्षिण अफ्रिकासँगको शुक्रवार सकिएको सिरिजमा रहेका जितेश शर्मा पनि टोलीमा अटाउन सकेनन्।चयनकर्ताहरूले १५ सदस्यीय टोलीमा रिंकु सिंह र इशान किशनलाई समेटेका छन्। अक्षर पटेललाई टोलीको उपकप्तान बनाइएको छ। यसै टोलीले न्युजिल्यान्डविरुद्ध हुने पाँच खेलको टि ट्वान्टी […]
December 20, 2025
एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]
December 19, 2025
एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]