default_image

9 years ago

April 19, 2017

विराटनगर किङ्स डिपिएलको फाइनलमा

105 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)– विराटनगर किङ्ग सगरमाथा सिमेन्ट डिपिएल क्रिकेटको फाइनल पुगेको छ। रुपन्देही च्यालेन्जर्सलाई क्वालिफायर्स बुधबार २९ रनले हराउँदै शरद भेषावकरको कप्तानीमा रहेको विराटनगर उपाधि नजिक पुगेको हो।

विराटनगर फाइनलमा पुग्ने पहिलो टोली बनेको छ । फाइनल पुग्ने अर्को टोली टुंगो भोलीमात्र लाग्नेछ । फाइनल पुग्नका लागि रुपन्देहीसँग अर्को एउटा मौका रहेको छ । धनगढी टिम चौरहा र काठमाडौं गोल्डेन्सबीचको आज भइरहेको एलिमिनेटर खेलको विजेतासँग रुपन्देहीले बिहीबार प्रतिस्पर्धा गर्नेछ ।

सेती अन्चल प्रहरी कार्यालयको मैदानमा १ सय २९ रनको लक्ष्य पछ्याएको शक्ति गौचनको रुपन्देहीले २० ओभरमा सबै विकेट गुमाएर ९९ रनमात्र बनाउ सक्यो । रुपन्देहीका लागि विक्रम सोब २३ र पुष्प थापाले २२ रन बनाउनु बाहेक कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । रुपन्देहीलाई सय रनभन्दा कममा रोक्ने क्रममा विराटनगरका सुशिल कडेले ४ विकेटछ लिए । ४ ओभर बलिङ गरेका उनले १ मेडनसहित १५रन खर्चेर ४ विकेट लिएका थिए । त्यस्तै सन्दीप लामिछानेले २, प्रकाश विष्ट, दीपेन्द्रसिंह ऐरी, जितेन्द्र मुखिया र पवन सर्राफले समान १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो । टोलीका लागि सबैभन्दा बढी आसिफ शेखले ३६, कप्तान शरदले २४, पवनले १५ र दीपेन्द्र सिंहले १३ रन बनाएका थिए । आसिफले ४१ बल खेल्दै ३ चौका र २ छक्का प्रहार गरेका थितए । शरदले २२ बलमा २ छक्का प्रहार गरे । लिग चरणमा ५ मध्ये ४ खेल जितेको रुपन्देहीको प्रदर्शन आजको खेलमा भने कमजोर रह्यो ।

लिग चरण अन्तिम खेलमा रुपन्देही पारस खड्काको नेतृत्वमा रहेको टिम चौरहासँग पराजित भएको थियो । रुपन्देही लिग चरणमा भने विराटनगरलाई हराएको थियो ।

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

December 6, 2025

सुदूरपश्चिमलाई हराउँदै विराटनगर क्वालिफायर वानमा

काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]

Success

Thank you for your time.