default_image

7 years ago

April 20, 2017

रुपन्देहीलाई जितको लागि १ सय ७३ रनको लक्ष्य

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कप्तान पारस खड्काको कप्तानी पारीको मद्दतले टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाऊँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो। खड्काले ४१ बलमा अविजित ६७ रन बनाऊँदै […]

29 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – धनगढी प्रिमिएर लिगको दोश्रो क्वालिफायरमा पहिलो ब्याटिङ गरेको टिम चौराहा धनगढीले रुपन्देही च्यालेन्जर्ससामु १ सय ७३ रनको लक्ष्य प्रस्तुत गरेको छ।

कप्तान पारस खड्काको कप्तानी पारीको मद्दतले टिम चौराहा धनगढीले निर्धारित २० ओभरमा ५ विकेट गुमाऊँदै १ सय ७२ रनको योगफल खडा गरेको थियो। खड्काले ४१ बलमा अविजित ६७ रन बनाऊँदै प्रतियोगिताकै सर्वाधिक व्यक्तिगत स्कोर बनाए। ओपनर राजु रिजाल र अनिल कुमार मण्डलले राम्रो सुरुवात दिलाएर ठुलो स्कोरको लागि आधार तय गरेका थिए। मण्डलले ११ बलमा १३ रन बनाए भने राजुले २८ बलमा २५ रन जोडे। पृथु बास्कोटा र आरीफ शेख क्रमश: ४ र ७ रन बनाऊँदै आउट भएपनि कप्तान खड्काले आफ्नो तर्फबाट लगातार रन बनाइरहेका थिए।

३२ बलमा अर्धशतक पुरा गरेका पारसले आफ्नो पारीमा ६ चौका र ४ छक्का प्रहार गरेका थिए। उनले छैठौं विकेटका लागि सौरभ खनालसंग १९ बलमा अविजित ४३ रन बनाएका थिए। सौरभले ८ बलमा २ चौका र २ छक्काको मद्दतले २४ रन जोडे। अमर सिंह राउटेलाले पनि १२ बलमा ३ चौकाको सहायताले १६ रन बनाएका थिए।

रुपन्देहीका बलरहरुले राम्रो प्रदर्शन गर्न नसक्दा चौराहाका ब्याट्सम्यानले खुलेर रन बनाएका थिए। कृष्ण कार्कीले २ विकेट लिन ४० रन खर्चे भने बिक्रम भुसाल र साहब आलमले पनि १/१ विकेट लिए।

यस खेलमा जित हात पर्ने टोलीले फाइनल खेलमा बिराटनगर किङ्सको सामना गर्नेछ।

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.