9 years ago
April 20, 2017
धनगढी (हाम्रो खेलकुद) – सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग अन्तर्गतको दोस्रो क्वालिफायर खेलमा कप्तान पारस खड्काको अर्धशतकको मद्धतले चौराहाले रुपन्देही सामु ठूलो लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर ब्याटिङ रोजेको धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनाएको हो । चौथो नम्बरमा ब्याटिङमा आएका कप्तान पारसले अविजित रहँदै प्रतियोगिताको सर्वाधिक व्यक्तिगत स्कोर जोडेका हुन् । ४१ बलको सामाना गरेका पारसले ४ छक्का र ६ चौकाको मद्धतले ६७ रन जोडे । प्रतियोगिताको यो तेस्रो अर्धशतक हो ।
रुपन्देहीका कप्तान शक्ति गौचनको बलिङमा १८औं ओभरको पहिलो बलमा १ रन लिंदै पारसले अर्धशतक प्रहार गरेका थिए । उनले ३२ बलमा अर्धशतक पुरा गरेका थिए।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]