default_image

7 years ago

May 1, 2017

अत्तरिया कप महिला राष्ट्रिय क्रिकेटको तयारी पूरा,६ टोली भिड्दै

अत्तरिया (हाम्रो खेलकुद )- महिला क्रिकेटमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रथम अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले बैशाख २१ गतेबाट सुरु हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानर लगाउने लगायतका थोरै काम गर्न […]

26 views

0 Bookmark

अत्तरिया (हाम्रो खेलकुद )- महिला क्रिकेटमा पहिलोपटक हुन लागेको सर्वाधिक पुरस्कार राशिको प्रथम अत्तरिया कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

धनगढीमा सोमबार पत्रकार सम्मेलन गर्दै आयोजकले बैशाख २१ गतेबाट सुरु हुने अत्तरिया कप महिला क्रिकेट प्रतियोगिताको मैदान लगायतका अन्य तयारीहरु सकिएको र व्यानर लगाउने लगायतका थोरै काम गर्न बाँकी रहेको आयोजक क्लबका अध्यक्ष रवि खनालले जानकारी दिए । युनाईटेड अत्तरिया स्पोर्टस क्लबको आयोजनामा हुने प्रतियोगितामा देशका विभिन्न ६ वटा टोलीहरुले प्रतिस्पर्धा गर्नेछन् । पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक गरेको थियो । प्रतियोगितामा भाग लिने ६ वटा टोलीहरुलाई दुई समुहमा विभाजन गरिएको छ । समुह ‘ए’ मा नेपाल एपिएफ क्लब, मिलन क्रिकेट एकेडेमी झापा र कञ्चनपुर महिला क्रिकेट टोली छन् । यस्तै समुह ‘बी’ मा कैलाली जिल्ला क्रिकेट एकेडेमी, राईजिङ क्रिकेट वुमन काठमाडौं र वारा क्रिकेट एकेडेमी छन् । वैशाख २६ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टीम एपिएफ र मिलन क्रिकेट एकेडेमी झापाले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता राउण्ड रोविन लिगका आधारमा हुनेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । समूह ‘ए’ को विजेताले ‘बी’समुहको उपविजेता तथा समूह ‘बी’ समुहको विजेताले समूह ‘ए’ को उपविजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । महिला क्रिकेट प्रतियोगिता थोरै भइरहेको बेलामा महिला क्रिकेटको विकास गर्ने लक्ष्यका साथ देशकै सर्वाधिक धनराशीका प्रतियोगितालाई रूस्लानले मुख्य प्रायोजन गरेको छ ।

करिब २५ लाख रुपैयाँ खर्च हुने टि–२० को विजेताले उपाधिसहित २ लाख रुपैयाँ प्राप्त गर्नेछन् भने उपविजेताले १ लाख रूपैयाँ हात पार्नेछ ।
प्लेयर अफ दि सिरिजलाई २५ हजार, वेस्ट ब्याटिङ पर्फर्मेन्स, वेस्ट वलिङ पर्फर्मेन्स र विकेटकिपरलाई समान १० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले ३ हजार रुपैयाँ प्राप्त गर्नेछिन् ।

March 29, 2024

इण्डो–नेपाल टि ट्वान्टीको सेमिफाइनल समीकरण पूरा

चितवन (हाम्रो खेलकुद)- चितवनको भरतपुरमा जारी इण्डो–नेपाल टि ट्वान्टी च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा बिहीबार भएका लिग चरणका अन्तिम खेलमा विजयी हुँदै मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । सबै खेलमा जित निकाल्दै ८ अंकका साथ पिएसआरए ग्रुप लखनउ समूह विजेता […]

March 28, 2024

राजस्थानको लगातार दोस्रो जित

एजेन्सी – दिल्ली क्यापिटल्स माथि जित दर्ता गर्दै राजस्थान रोयल्सले १७औं संस्करणको इंडियन प्रिमियर लिग (आईपिएल) मा लगातार दोस्रो जित दर्ता गरेको छ । दिल्लीलाई लगातार दोस्रो हार चखाउने क्रममा राजस्थानले १२ रनको जित दर्ता गरेको हो । १८६ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८५ रन मात्र बनाउन सक्यो । अन्तिम […]

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

Success

Thank you for your time.