9 years ago
May 2, 2017
धनगढी (हाम्रो खेलकुद) – देशकै सर्वाधिक धनराशीको धनगढी प्रिमियर लिगको हिसाव किताव सार्वजनिक गरिएको छ । धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले आर्थिक आम्दानी र खर्चको विवरण सार्वजनिक गरिएको हो ।

प्रतियोगिता आयोजनावाट अपुग भएको झण्डै १५ लाख रकम सुदुरपश्चिमाञ्चल एकेडेमी र धनगढी क्रिकेट एकेडेमीले व्यहोर्ने भएको छ । धनगढी प्रिमियर लिगले हौसलता थपेकोले अर्को वर्ष नया योजनाका साथ प्रतियोगितालाई आयोजना गरिने आयोजकले दावी समेत गरेका छन ।
धनगढी प्रिमियर लिगको आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीका अनुसार लिगमा आम्दानी भन्दा झण्डै १५ लाख रुपैया वढी खर्च भएको छ । झण्डै एक करोड ६७ लाख रुपैया प्रायोजक सहप्रयोजक प्रवद्र्धक लगायतवाट आम्दानी भएकोमा एक करोड ८२ लाख रुपैया प्रतियोगिता आयोजना गर्न खर्च भएको छ । अपुग भएको रकम आयोजक धनगढी क्रिकेट एकेडेमी र सुदुरपश्चिमाञ्चल एकेडेमीले व्यहोर्ने सुदुरपश्चिमाञ्चल एकेडेमीका निर्देशक सुवाश शाहीले वताउनुभयो ।
२०७३ चैत्र २७ गतेबाट २०७४ बैशाख ९ गते सम्म संचालन भएको डिपिएलले क्रिकेट समृद्ध धनगढी र सुन्दर सुदूरपश्चिम निर्माण गर्ने आशा जगाएको र क्रिकेटलाई ऐतिहासिक मोड दिन सफल भएको आयोजकको विश्वास छ । आगामी श्रृङ्खलामा अझ बढी र अझ बढी आकर्षक ढंगले ल्याउने तयारीमा जुटेको भन्दै आयोजक टोलीले अन्र्तराष्ट्रिय ख्याती प्राप्त विदेशी खेलाडीलाई प्रतियोगितामा उतार्ने प्रयत्न गरिरहेको जनाएको छ । पहिलो पटक फरक रुपमा आयोजना गरिएको प्रतियोगिताले थप हौसला दिएकोले आगामी दिन अझ यसलाई नया र भिन्नै रुपमा आयोजना गर्ने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जानकारी दिनुभयो ।
डिपिएलले नेपाली क्रिकेटलाई व्यवसायिकताको मार्गमा डोयाएको अपेक्षा आयोजकको रहेको छ । आट गर्ने हो भने जे पनि सम्भव छ भन्ने उदाहरण प्रस्तुत गरेको अध्यक्ष शाहीले वताउनुभयो । आगामी वर्षबाट अझै भब्य स्वरmपमा हुने अनुमान गरिएको क्रिकेट महाकुम्भले यसक्षेत्रको समृद्धि चुलिएने भन्दै शाहीले राष्ट्रिय अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना हुन थालमो धनगढी देशकै नामी शहर बन्ने आशामा रहेको वताउनुभयो ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]