default_image

9 years ago

May 2, 2017

खड्का परिवारलाई सहयोग हस्तान्तरण

114 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद) – सुदुरपश्चिमको क्रिकेट विकासमा योगदान पुर्याउनु भएका क्रिकेट प्रशिक्षक स्वर्गीय अर्जुन खड्काको परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ ।

खड्काको स्मृतिमा आयोजना भएको धनगढी प्रिमियर लिगवाट टिकट मार्फत उठेको रकम र डिपिएलका टीम कप्तानले दिएको रकम हस्तान्तरण गरिएको हो ।

लिग अवधिभर उठेको रकमको २० प्रतिशत अर्थात ९३ हजार ५ सय ९१ रुपैंया र सहभागी भएका ६ टोलीका कप्तानले जनही ५ हजारका दरले प्राप्त भएको ३० हजार रकम गरी एक लाख २३ हजार ५ सय ९१ रुपैंया स्वर्गीय खड्काकी छोरी कञ्चन खड्कालाई हस्तान्तरण गरिएको हो ।

छोराछोरीलाई उच्च शिक्षा अध्ययनमा सहयोग होस भनेर दिईएको सहयोग रकम धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाही र एकेडेमीकै निर्देशक महेश शाहले हस्तान्तरण गर्नुभयो ।

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

December 6, 2025

चितवनले पहिला ब्याटिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]

Success

Thank you for your time.