default_image

9 years ago

May 6, 2017

राइजिङ सेमीफाइनलमा प्रवेश

153 views

0 Bookmark

धनगढि (हाम्रो खेलकुद) – देशकै सर्वाधिक धनराशीको रुस्लान अत्तरीया कप महिला राष्टिय क्रिकेट प्रतियोगितामा राईजिङ क्रिकेट वुमन काठमाण्डौ र झापा क्रिकेट एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन ।

अत्तरीयामा जारी क्रिकेट प्रतियोगिता अन्तर्गत शनिवार विहान भएको खेलमा लगातार दोस्रो जित हात पार्दै राईजिङ अन्तिम चारमा पुगेको छ । वारा क्रिकेट एकेडेमीलाई हराएर समुह वी को विजेता वन्दै राईजिग सेमिफाईनल पुगेको हो । यसअघि राईजिङले कैलाली जिल्ला क्रिकेट एकेडेमीलाई १७ रनले हराएको थियो । यस्तै समुह ए को खेलमा उपविजेता वन्दै भापा क्रिकेट एकेडेमी पनि अन्तिम चारमा पुगेको हो । झापाले कञ्चनपुर क्रिकेट एकेडेमीलाई २८ रनले किनारा लगाएको हो । समुह एक को उप विजेता झापा र समुह वी को विजेता राईजिङ क्रिकेट वुमन काठमाण्डौले सोमवार फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन ।

अत्तरीया स्थित शसस्त्र प्रहरी वलको खेल मैदानमा टस जितेर पहिले व्याटिग गर्दै निर्धारित २० ओभरमा ३ विकेटको क्षतीमा प्रतियोगिताकै सर्वाधिक वढी २०३ रन वनायो । टोलीलाई उच्च स्कोर तर्फ डोराउनका लागि वंगलादेशी खेलाडी सहनाज प्रविणले ९८ रनको उच्च स्कोरको पारी खेलिन् । शतक वनाउनवाट दुई रनले चुकेकी प्रविणले ६१ वलको सामना गर्दै १६ चौका प्रहार गरिन् । त्यस्तै अर्की भारतीय खेलाडी साम्पा मुखर्जीले ४८ रन वनाईन । प्रतियोगितामा अहिलेसम्म एक मात्रै छक्का प्रहार गरेकी मुखर्जीले ७ चौका पनि हानिन् । उनले २९ वलको सामना गरिन् । टीमका लागि नेरी थापाले पनि १२ वलमा ५ चौकाको मदत्तले २८ रन वनाईन् । राईजिगलाई सर्वाधिक स्कोर वनाउनका लागि प्रविण र नेरीले दोस्रो विकेटका लागि ३७ रनको साझेदारी गरिन । तेस्रो विकेटका लागि प्रविण र मुखर्जीले १ सय ३ रनको साझेदनरी गरेकी थिईन् । वाराकी रविना विसुन्के र सामना पुनले एक एक विकेट लिईन् । २०४ रनको विजय लक्ष्य लिएर मैदान उत्र्रिएको वारा निर्धारित २० ओभरमा ९ विकेट क्षतीमा ७३ रनमा मात्रै समेटियो । वाराका लागि गीता गोसाईले ३७ रनको उच्च स्कोर वनाईन । उनी वाहेक कुनै पनि खेलाडीले दोहोरो रन अंक स्कोर जोड्न सकेनन् । चार जना खेलाडी शुन्यमा आउट भए । राईजिगका लागि शान्ति खतिवडाले ३ विकेट लिईन । अस्मीना कर्माचार्य नेरी थापा आरती विडारी र कृति सेनले एक एक विकेट लिईन् । खेलको वुमन अफ द म्याच हुदै सहनाज प्रविणले नगद ३ हजार हात पारिन् ।

प्रतियोगिता अन्तर्गत लिग चरणको अन्तिम खेलमा समुह वी मा रहेका कैलाली जिल्ला क्रिकेट एकेडेमी र वारा क्रिकेट एकेडेमीले प्रतिस्पर्धा गर्नेछन । दुवैले पहिलो खेलमा हार व्यहोरेका छन । अव आईतवार बिहान हुन दुवै वीचको खेलमा जित हात पार्ने टोली सेमिफाईनल पुग्नेछ । यसअघि नै एपिएफ अन्तिम चारमा पुगिसकेको छ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्नेछ ।

December 20, 2025

भारतलाई टि ट्वान्टी आई सिरिज

एजेन्सी – भारतले पाँचौँ टि ट्वान्टी आईमा दक्षिण अफ्रिकालाई ३० रनले पराजित गर्दै ५ खेलको सिरिज ३-१ ले आफ्नो पक्षमा पारेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज भारतले दक्षिण अफ्रिकालाई हराउँदै सिरिज जितको हो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै विशाल २ सय ३१ रन बनायो। भारतको इनिङ्समा […]

December 19, 2025

भारत र पाकिस्तान यु १९ एसिया कपको फाइनलमा

एजेन्सी – भारत र पाकिस्तान युएईमा जारी यु १९ एसिया कपको फाइनलमा पुगेका छन्। दुबैले सेमिफाइनलमा प्रभावशाली प्रदर्शन गर्दै फाइनलको यात्रा तय गरेका हुन्। आज भारतले श्रीलंका र पाकिस्तानले बंगलादेशलाई समान ८ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेका हुन्। आइतवार हुने फाइनलमा फेरि एकपटक भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। एउटै समूहबाट भारत विजेता र पाकिस्तान […]

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

Success

Thank you for your time.