default_image

7 years ago

May 26, 2017

वर्षाले खेल बिथोलिएसँगै पूर्वाञ्चल प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ (हाम्रो खेलकुद) – वर्षाका कारण सुदुरपश्चिमसँगको खेल रद्द भएससँगै पूर्वाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४बाट बाहिरिएको छ। किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको समुह ‘बी’ को खेलमा दोश्रो सेसन सुरु हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए। वर्षाले खेल रद्द हुनुअघि खेलमा सुदुरले राम्रो पकड बनाएको थियो। पहिलो ब्याटिङ […]

23 views

0 Bookmark

काठमाडौँ (हाम्रो खेलकुद) – वर्षाका कारण सुदुरपश्चिमसँगको खेल रद्द भएससँगै पूर्वाञ्चल राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता २०७४बाट बाहिरिएको छ। किर्तिपुरस्थित टि.यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको समुह ‘बी’ को खेलमा दोश्रो सेसन सुरु हुन नसकेपछि दुवै टोलीले १/१ अंक बाँडेका थिए।

वर्षाले खेल रद्द हुनुअघि खेलमा सुदुरले राम्रो पकड बनाएको थियो। पहिलो ब्याटिङ गरेको सुदुरले ४५.२ ओभरमा अलआउट हुनुअघि १ सय ५३ रन जोडेको थियो। उसका लागि चौथो नम्बरमा ब्याटिङ गर्न आएका विजय रानाले ५५ रन बनाएका थिए। अन्तिम विकेटका रुपमा पुष्प थापाको बलमा बोल्ड हुनुअघि उनले १०८ बल खेल्दै २ चौका प्रहार गरेका थिए। सुदुरका लागि सन्तोष भट्टले २२, अनिल कुमार थापाले ११ तथा रोशन नेपालीले १० रन जोडेका थिए। पूर्वाञ्चलका लागि सगर ढकाल र कप्तान पुष्प थापाले ३/३ विकेट लिएका थिए।

जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चलले खराब सुरुवात गरेको थियो। लन्च अघि भएको ४ ओभरको खेलमा पूर्वले ४ विकेट गुमाउँदै २२ रन जोडेको थियो। सुदुरका लागि बिनोद लामाले २ विकेट लिएका थिए भने सगर भण्डारीले पनि १ विकेट लिए। वर्षाका कारण लन्चपछि खेल सुरु हुन नसकेपछि खेलमा अंक बाँडिएको थियो।

यस बराबरीसँगै शीर्षस्थानमा ४ अंक बोकेको नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। दोश्रो स्थानमा आर्मीको २ अंक छ भने सुदुर र पूर्वको समान १/१ अंक रहेको छ।

प्रतियोगितामा तीन विभागीयसहित सहभागी आठ टिमको सहभागिता रहेको छ । समूह ‘ए’ मा नेपाल एपिएफ क्लब, मध्यमाञ्चल बिकास श्रेत्र, मध्यपश्चिमाञ्चल बिकास क्षेत्र र पश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, पूर्वाञ्चल बिकास क्षेत्र र सुदुरपश्चिमाञ्चल बिकास क्षेत्र रहेका छन् । प्रतियोगिताको विजेताले २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिग खेलमा जित्ने टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्रतियोगिताको म्यान अफ दी सिरिजले एक लाख रुपैया र उत्कृष्ट ब्याट्सम्यान र बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा शनिबार समूह ‘बी’ अन्तर्गत त्रिभुवन आर्मी क्लब र सुदुरपश्चिमका बीच खेल हुनेछ ।

March 28, 2024

सिइसी र धनगढी विजयी

सुमन अधिकारी,बुटवल नेपालका पूर्व अन्तराष्ट्रिय क्रिकेट खेलाडी शक्ति प्रसाद गौचनले बुबाको नामबाट आयोजना रुपन्देहीमा जारी छैंटौं खड्ग प्रसाद गौचन मेमोरियल यु—१९ क्रिकेट प्रतियोगिता–२०८० मा बिहीबार समुह बिका २ खेल सम्पन्न भएका छन् । जसमा पल्सर क्रिकेट एक्सलेन्स सेन्टर (सिइसी) , काठमाण्डौ र धनगढी क्रिकेट क्लब विजयी भएका छन् । पहिलो खेलमा पल्सर सिइसी काठमाण्डौले सेन्टर […]

March 28, 2024

नेपाल ‘ए’ सिरिजको खेल तालिका परिवर्तन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण विहीबार हुने भनिएको टि२० खेल रद्द भएपछि आयरल्यान्ड वल्भ्सविरुद्ध सिरिजको खेल तालिका परिवर्तन गरेको छ । लगातार वर्षाका कारण मैदान भिजेपछि टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने बताएको छ । […]

March 28, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भस बीचको पहिलो खेल रद्द

काठमाडौं (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा पाहुना टोली आयरल्यान्ड वल्भस र नेपाल ‘ए’ बीच आजदेखि सुरु हुन लागेको तीन खेलको टि-२० शृंखला अन्तर्गतको पहिलो खेल रद्द भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले वर्षाका कारण मैदान भिजेको हुनाले खेल रद्द भएको जानकारी दिएको छ । आइरिश टोलीले नेपाल ‘ए’ विरुद्ध ३ टि-२० र […]

Success

Thank you for your time.