8 years ago
June 11, 2017
भैरहवा (हाम्रो खेलकुद)– एक्सपर्ट क्रिकेटको पहिलो दिन आइतबार वाल्मिकी शिक्षा सदन चितवन विजयी भएको छ । भैरहवामा सुरु भएको प्रतियोगितामा राजन मेमोरीयल उच्च मावि काठमाडौं र सत्यवती उच्च मावि तनहँुबीचको खेल बराबरीमा टुंगियो ।

राजन मेमोरियलका खेलाडी ब्याटिङ गर्दै ।
वाल्मिकीले सिद्धार्थ सिसु सदन कैलालीलाई ४० रन हरायो । सिद्धार्थ रंगशाला भैरहवामा टस हारेर ब्याटिङको मौका पाएको वाल्मिकीले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो । वाल्मिकीका लागी सन्देश सापकोटाले ३६ बलको सामना गर्दै ३ चौका र २ छक्कासहित सर्वाधिक ३९ रन बनाए । उनी खेलको म्यान अफ दी म्याच बने ।
त्यस्तै समिर थापाले १८ र सुजन चापागाईले १२ रन बनाए । बलिङमा सिद्धार्थ सिसुका सौरभ हमालले ३ , आयुष ढकालले २ तथा दीपेन्द्र शाही र रबिन्द्र धामीले समान १ विकेट लिए । प्रतिउत्तर १ सय २ रनको लक्ष्य पछ्याएको सिद्धार्थ सिसु १४.४ ओभरमा सबै विकेट गुमाए ६१ रनमै समेटिन पुग्यो । विनोद खत्रीले सर्वाधिक १५ रन बनाउनु बाहेक अन्यले राम्रो खेल्न सकेनन् । वाल्मिकीका सुलभ बराल, समिर अधिकारी र आशिष लम्सालले समान २ विकेट लिए भने दिपेश मुल्मी र मनिष थापाले १÷१ विकेट लिए ।
राजन मेमोरियल र सत्यवतीबीचको अर्को खेल टाइ भएको थियो । टस जितेर ब्याटिङ गरेको राजन मेमोरियिलले ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको थियो । जसमा सुजन रायमाझीले ४४ र अमित कुमार महतोले १३ रन बनाए । सुजन म्यान अफ द म्याच भए । बलिङमा सत्यवतीका सन्दिप मगराती र शुशिल गिरीले समान १ विकेट लिए ।
१ सय ७ रनको लक्ष्य पद्याएको सत्यवतीले ७ विकेटको क्षतिमा १ सय ६ रन नै बनाएको थियो । सत्यवतीका सितल सुनारले ३५ र रुपक बरालले २७ रन बनाए । राजन मेमोरियलका निरोज खडकाले २, सुसन कार्की र संगम नेपालले समान १ विकेट लिए । समूह चरणको लिग खेल भएकाले दुवै टिमले समान १ अंक जोडेका छन् ।
हिमालयन क्रिकेट एमेडेमीको आयोजना तथा एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको मुख्य प्रायोजनामा सुरु भएको प्रतियोगितामा रुपन्देही, चितवन, तनहु, काठमाण्डौ, कैलाली र कञ्चनपुर गरी ६ जिल्लाका बिद्यालयहरुको सहभागिता रहेको आयोजक सस्थाका प्रबन्ध निर्देशक तथा प्रतियोगिता निर्देशक सुभाष प्रधानले बताए । प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]