8 years ago
June 13, 2017
एजेन्सी – आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत सोमबार भएको श्रीलंका विरुद्धको खेलमा ३ विकेटको रोमान्चक जित दर्ता गर्दै पाकिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ।
पहिलो ब्याटिङ गरेको श्रीलंका ४९.२ ओभर खेल्दै २ सय ३६ रनमा अलआउट भएको थियो। श्रीलंकाका लागि ओपनर डीक्वेलाले ७३ रनको योगदान दिएका थिए। कप्तान एन्जेलो म्यथुजले मध्यक्रममा ३९ रङ बनाएर पारीलाइ सम्हालेका थिए। पाकिस्तानका हसन अलि र जुनेद खानले २/२ विकेट लिए भने मोहम्मद आमिर र फाहिम अशरफको नाममा २/२ विकेट रह्यो।
जवाफी ब्याटिङमा उत्रिएको पाकिस्तानले ४४.५ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो। कप्तान सरफराज अहमदले अविजित ६१ रन जोडेर टोलीलाई जितसम्म पुर्याएका थिए। ओपनर फखार जमानले ५० रङ बनाउदै टोलीलाई राम्रो सुरुवात दिलाएका थिए। श्रीलंकाका नुवान प्रदिपले ३ विकेट लिएका थिए।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]