8 years ago
July 12, 2017
नयाँ दिल्ली (एजेन्सी)–पूर्व अलराउन्डर एवंम् कप्तान रवि शास्त्री दुई बर्षका लागि भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । शास्त्रीले आइसीसी विश्व कप २०१९ सम्म टो लीलाई प्रशिक्षण दिनेछन् । यसअघि शास्त्री सन् २०१४ को अगस्तदेखि २०१६ को अप्रिल सम्म भारतीय पुरुष क्रिकेट टोलीको निर्देशक रहेका थिए ।
पूर्व तीब्रगतिका बलर भारतीय टोलीको बलिङ प्रशिक्षकका रुपमा नियुक्त भएका छन् । त्यस्तै पूर्व महान व्याट्सम्यान एवंम कप्तान राहुल दब्रिडलाई ब्याटिङ परामर्शदाताका रुपमा नियुक्त गरिएको छ । मुख्यतः विदेश भ्रमणका दौरानका लागि लक्षित गर्दै द्रबिडलाई नियुक्त गरिएको बताइएको छ ।
खेलाडी र प्रशिक्षकका शास्त्रीले लामो अनुभव बटुलेका छन् । जाहिर खानले भने सक्रिय खेल जीवनमा पनि युवा तीब्रगतिका बलरलाई प्रेरित गर्ने गरेको विश्वास गरिएको छ । भारतका एक उत्कृट तीब्रगतिका बलर रहेका जाहिरले २०१४ सम्म अन्तर्राष्ट्रि क्रिकेट खेलेका थिए । द्रबिडको अनुभव विशेषगरि युवा खेलाडीका लागि फलदायी हुने विश्वास गरिएको छ ।च्याम्पियन्स ट्रफीपछि अनिल कम्बलेले मुख्य प्रशिक्षकबाट राजीनामा दिएका थिए ।
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ। टस जितेर चितवनले पहिले ब्याटिङ रोजेको छ। चितवन र पोखरा दुवै टिम लिग चरणबाट बाहिरिसकेकोले आजको खेलको नतिजाले कुनै असर गर्दैन। त्यसैले यो खेल दुवै टोलीको लागि प्रतिष्ठाको लडाई मात्र हो। चितवन र पोखराको यो सातौं तथा अन्तिम खेल […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- शीर्षस्थानको सुदूरपश्चिम रोयल्सलाई हार चखाउँदै विराटनगर किंग्स नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको क्वालिफायर वानमा पुगेको छ। १ सय ४८ रनको लक्ष्य ११.५ ओभरमा ४ विकेट नोक्सानीमा पूरा गरेको विराटनगरले रन रेटमा काठमाडौं गोर्खाजलाई पछि पार्दै क्वालिफायर वानमा पुगेको हो। विराटनगरले लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमलाई ६ विकेटले हराएको हो। लगातार ६ […]