8 years ago
July 24, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकपको एसिया क्षेत्र छनोट अन्तर्गत अन्तिम खेलमा नेपाल र अफगानिस्तान भोलि अन्तिम खेल खेल्दैछन्। अफगानिस्तान ५ खेलमा १० अंकसहित शीर्षस्थानमा छ भने नेपाल ८ अंकसहित दोश्रो स्थानमा रहेको छ।
अंक तालिकामा शीर्ष स्थानमा रहने टोलीमात्र विश्वकपका लागि छनोट हुने प्रावधान रहेको छ। नेपालले भोलीको खेलमा जित हासिल गरेको खण्डमा दुवै टोलीको समान १० अंक हुनेछ। तर अहिले अंक तालिकामा अफगानिस्तानको रनरेट ४.१५९ रहेको छ भने नेपालको रन रेट ०.७६८ रहेको छ। नेपालले प्रतियोगितामा सबै खेलमा उत्कृष्ट बलिङ गरेपनि कुनै खेलमा पनि सन्तोषजनक ब्याटिङ प्रदर्शन गर्न सकेको छैन।
भोली हुने खेलमा नेपालले निकै ठुलो अन्तरको जीत हात पारेमात्र अर्को चरणमा पुग्ने सम्भावना रहन्छ। नेपालले प्रतियोगितामा गर्दै आएको प्रदर्शनलाई हेर्ने हो भने नेपालले जित हात पार्ने सम्भावना एकदम न्यून रहेको छ।
नेपाललाई छनोट हुन कम्तिमा पनि चाहिने नतिजा:
पहिलो फिल्डिङ गरेर नेपालले अफगानिस्तानलाई ५० रनमा अलआउट गरेको खण्डमा २ ओभरभित्र खेलमा जित हात पार्नुपर्ने हुन्छ भने अफगानिस्तानले १ सय रन जोडे नेपालले उक्त लक्ष्य ४ ओभरमा पुरा गर्ने समिकरण निस्कन्छ। अफगानिस्तानको रन बढेसँगै नेपालले त्यसै अनुसार चाँदै लक्ष्य पछ्याउनु पर्ने हुन्छ जुन असम्भव प्राय छ।
पहिलो ब्याटिङ गरेर नेपालले ३०० रन बनाएको खण्डमा अफगानिस्तानलाई ३० रनमा अलआउट गर्नुपर्ने अवस्था हुन्छ। नेपालले ३५० रन बनाएको खण्डमा भने अफगानिस्तानलाई ५० रनमा अलआउट गर्नुपर्ने हुन्छ।
यस्ता समिकरणहरु सबै गणितीय रुपमा मात्र सिमित हुन्। नेपालले असम्भव नतिजा निकालेको खण्डमा मात्र विश्वकपमा स्थान बनाउने छ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]