default_image

8 years ago

August 30, 2017

वेस्ट इन्जिजसँग इङ्ल्यान्ड ५ विकेटले पराजित

130 views

0 Bookmark

लिड्स ( एजेन्सी)–वेस्ट इन्डिजले मंगलबार घरलु टोली इङ्ल्यान्डलाई दोस्रो टेस्टमा ५ विकेटले हराएको छ । इङ्ल्यान्डमा वेस्ट इन्डिजको झन्डै १७ वर्षयता पहिलो जित हो । पाहुना टोलीको जितमा साइ होप नायक बनेका हुन् ।

Sahi hope

चौथो इनिङमा ३ सय २२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले ५ विकेटको क्षतिमा जित हासिल गरेको थियो । पहिले इनिङ्समा २ सय ५८ रन बनाएको इङ्ल्यान्डले दोस्रो इनिङ्समा ८ विकेटको नोक्सनीमा ४ सय ८० रन जोड्दै इनिङ्स समाप्तीको घोषणा गरेको थियो ।

पहिलो इनिङ्समा ४ सय २७ रनमा सबै विकेट गुमाएको वेस्ट इन्डिजले दोस्रो इनिङ्समा ५ विकेट गुमाउँदै आवश्यक ३ सय २२ रन बनाएको थियो । वेस्ट इन्डिजका होपले दुवै इनिङ्समा शतक प्रहार गरे । पहिलो इनिङ्समा १४७ रन बनाएका उनले दोस्रो इनिङ्समा अविजित १ सय १८ रन जोड्दै टोलीलाई जितको हकदार बनाए ।

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.