default_image

8 years ago

September 6, 2017

कोहलीले सचिनको कीर्तिमानसंग बराबरी गरे, बुम्राहको छलाङ

115 views

0 Bookmark

मुम्बई (एजेन्सी) – श्रीलंकाविरुद्धको पाँच एक दिवसिय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा उच्च प्रदर्शन गरेका भारतीय कप्तान विराट कोहलीले आफ्नै देशका पूर्व स्टार ब्याट्सम्यान सचिन तेन्दुलकरसँग एक दिवसीय वरियता अंकमा बराबरी गरेका छन् ।

Kohli and Bumrah

श्रीलंकाविरुद्ध दुई शतक प्रहार गर्दै १ सय १० को औसत र १ सय ११.८६ को स्ट्राइक रेटमा ३ सय ३० रन बनाएका कोहलीले एक दिवसीय वरियता मापन क्रममा ८ सय ८७ अंक बनाएका छन् । सन् १९९८ मा सचिनले बनाएको यो अंक भारतीय ब्याट्सम्यानले बनाएको अहिले सम्मको सर्वाधिक अंक थियो ।

वेस्ट इन्डिजका सर भिभियन रिचाड्र्सले १९८५ मा बनाएको ९ सय ३५ भने अहिलेसम्मको सर्वाधिक हो ।कोहली अहिले एक दिवसीय क्रिकेटमा ब्याट्सम्यानको वरियतामा पहिलो स्थानमा छन् । दोस्रो स्थानमा रहेका अस्ट्रेलियन खेलाडी डेभिड वार्नर भन्दा कोहलीको २६ अंक बढी छ ।

त्यस्तै श्रीलंकासँगको श्रृंखलामा ११.२६ को औसतमा १५ विकेट लिएका भारतीय तिब्र गतिका बलर जस्प्रित बुम्राहले बलिङतर्फ एक दिवसीय वरियतामा २७ स्थान माथि उक्लेका छन् । उनी चौथो स्थानमा पुगेका छन् ।

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

Success

Thank you for your time.