default_image

8 years ago

September 6, 2017

क्यानका पूर्व अध्यक्ष शाहको निधन

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद )- नेपाल क्रिकेट संघ (क्यान) का पर्व अध्यक्ष जयकुमारनाथ शाहको आज निधन भएको छ । नर्भिकमा उपचारका क्रममा ८९ वर्षे शाहको बिहान १०:१५ बजे निधन भएको निर्वाचित क्यानका उपाध्यक्ष दिवाकर घलेले जानकारी दिए । घलेका अनुसार शाहको अन्त्यष्टि बिहीबार गरिनेछ । 
Jaykumar nath shah

क्यानका पूर्व अध्यक्ष जयकुमारनाथ शाहलाई भदौ ६ गते क्यानको विशेष साधारण सभामा सम्मान गर्दै युवा तथा खेलकुद मन्त्री राजन केसी । फाइल तस्बिर/हाम्रो खेलकुद

शाह लामो समयदेखि मुटु रोगबाट ग्रसित रहेका थिए । एक साताअघि निवासकै बाथरुममा लडेर टाउँकोमा चोट लागेपछि उनलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । २०२२ सालदेखि झन्डै ४० वर्ष उनले क्यानको नेतृत्व गरका थिए । क्यानको नेतृत्वमा आउनुअघि उनी राष्ट्रिय खेलाडी समेत थिए।
एसियाली क्रिकेट परिषद् (एसिसी) को उपाध्यक्ष समेत रहिसकेका शाहले भदौ ६ गते क्यानको विशेष साधारण सभाको उद्घाटन सत्रमा भनेका थिए ‘नेपाली क्रिकेट यो अवस्थामा आइपुग्नुमा कसको दोष छ भने खोज्नु भन्दा अब कसरी अहिलेको अवस्थामा सुधार्न सकिन्छ त्यसमा सोच्नु जरुरी भएको छ ।’ गणतन्त्र स्थापना हुनुअघि झन्डै चार दशक क्यानको अध्यक्ष रहेका शाहकै नेतृत्वमा नेपालको क्रिकेट विकासको जग हालिएको बताइन्छ । सोही विशेष साधरण सभामा युवा तथा खेलकुद मन्त्री राजन केसीले क्यानका पूर्व अध्यक्ष शाहलाई दोसल्ला उढाएर सम्मान गरेका थिए ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को लाइफटाइम सर्भिस अवार्ड पाउने शाह पहिलो नेपाली हुन्  । नेपाल खेलकुद पत्रकार मञ्चले पनि शाहलाई लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरिसकेको छ ।
यसैबीच,क्यानले विज्ञप्ति जारी पूर्व अध्यक्ष शाहको निधनमा शोक प्रकट गरेको छ।

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

Success

Thank you for your time.