default_image

8 years ago

September 17, 2017

नेपाली यू १९ पूर्वी क्षेत्र च्याम्पियन, एसिया कपका लागि छनोट

187 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । मलेसियामा आज सम्पन्न फाइनलमा हङकङलाई ५ विकेटले हराउँदै नेपाल च्याम्पियन बनेको हो । यो उपलब्धीसँगै नेपाल अर्को महिना मलेसियामा हुने एसिसी यू १९ एसिया कपका लागि छनोट भएको छ । जहाँ टेष्ट मान्यता प्राप्त राष्ट्रको सहभागिता रहनेछ ।

Team Nepal Eastern Champions

नेपालले ३९ रनमा ३ विकेट गुमाउदा ओपनरद्वय सन्दिप सुनार र आसिफ शेख सहित अनिल शाह पविलियन फर्किसकेका थिए । सुनारले १९ तथा शाहले १६ रन बनाए भने आसिफ १ रनमा सिमित भए । कत्पान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन जोडे भने सुमित महर्जनले रनको खाता खोल्न सकेनन । प्रनित थापा मगरले १५ औं ओभरको तेस्रो र चौथो बलमा छक्का प्रहार गर्दै विजयी रन जोडेका थिए ।

जारी प्रतियोगितामा विना दवाब अघि बढेको नेपालका लागि आज सहाब आलमले ३, सन्दीप लामिछानेले ३ तथा कप्तान दीपेन्द्र र अनिल शाहले समान १ विकेट लिएपछि हङकङलाई ३२ं.१ ओभरमा ७६ रनमा अलआउट गरेको थियो ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.