8 years ago
September 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– युवा टोलीले मलेसियामा एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट उपाधि जितेकै दिन आज नेपाली सिनियर क्रिकेट टोली आइसिसी विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारत प्रस्थान गरेको छ ।
युवा टोलीले आज हङकङलाई ५ विकेटले हराएर उपाधि मात्र जितेर एसिसी यू १९ एसिया कपको लागि पनि छनोट भएको छ । सिनियर टोली पनि हङकङविरुद्धको दुई खेलको तयारीका लागि भारतको चेन्नईतर्फ लागेको हो । यू १९ मा रहेका दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने बाहेकको टोली त्यसतर्फ लागेको हो ।
नेपालले डब्लूसिएलको छैठौ चरणमा हङकङसंग उसैको घरेलु मैदानमा अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ । नेपालले चेन्नईमा चारवटा अभ्यास खेल खेल्ने बताइएको छ । मंगलबार पहिलो अभ्यास खेल खेल्ने नेपालले त्यसपछि सेप्टेम्बर २१,२३ र २५ मा खेल्नेछ । टोली सेप्टेम्बर २७ मा स्वेदश फर्कने बताइएको छ ।
डब्लूसिएल च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । चौथो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक छ । यता, नेपालको भने समान १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित भएको नेपालको ८ अंक छ । नेपालले अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्नेहुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम दुई खेल युएईसँग खेल्नेछ ।
नेपाली टोली
१.पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शरद भेषवाकर
४. बसन्त रेग्मी
५. मेहबुव आलम
६.सोमपाल कामी
७. सागर पुन
८.विनोद भण्डारी
९. करन केसी
१०.जितेन्द्र कुमार मुखिया
११.सुशिल कँडेल
१२. कुशल भुर्तेल
१३. ललित भण्डारी
१४.सुसन भारी
१५.नरेश बहादुर बुढाऐर
१६.मोहम्मद आशिफ शेख
१७.दिपेन्द्र सिंह ऐरी (हाल मलेसिया)
१८. सन्दिप लामिछाने (हाल मलेसिया)
टोलीका अन्य सदस्य
जगट टमाटा – मुख्य प्रशिक्षक
मन्जुर आलम खान – सहायक प्रशिक्षक
रमन शिवाकोटी – व्यवस्थापक टेक्निकल एनालिस्ट
पुरन तिरिवा – फिजियो
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]