8 years ago
September 18, 2017
काठमाडौं (हाम्रो खेलकुद) –एसिसी यू १९ पूर्वी क्षेत्र क्रिकेट च्याम्पियन नेपाली युवा टोली आज स्वदेश फर्कदैछ । मलेसियामा हिजो हङकङलाई ५ विकेटले हराउँदै नेपाल पूर्वी क्षेत्रको विजेता बनेको थियो ।
त्यो जितसँगै नेपाल एसिसी यू १९ एसिया कपका लागि समेत छनोट भएको थियो । समूह चरणका सबै खेल जितेको नेपालले सेमिफाइनलमा आयोजक मलेसियालाई १० विकेटले पराजित गरेको थियो ।
युवा टोली हिमालयन एयरलाइन्सको विमानबाट साँझ ६ः५५ बजे त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने सिनियर क्रिकेट टोलीको व्यवस्थापक समेत रहेका टेक्निकल एनालिस्ट रमन शिवाकोटीले जानकारी दिएका छन् ।
युवा टोलीका कप्तान दीपेन्द्र सिंह ऐरी र पूर्व कप्तान सन्दीप लामिछाने भने स्वदेश नआई सिनियर टोलीमा समावेश हुँन मलेसियाबाट भारत जाने बताइएको छ ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत हङकङविरुद्ध हुने दुई खेलको तयारीका लागि पारस खड्काको कप्तानीमा रहेको सिनियर टोली हिजो भारतको चेन्नई गएको थियो ।
सिनियर टोलीले चेन्नईमा ४ वटा अभ्यास खेल खेल्नेछ । पहिलो खेल भोली खेल्ने बताइएको छ । डब्लूसिएलअन्तर्गत नेपाल र हङकङबीच अक्टुबर १३ र १५ मा खेल हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]