8 years ago
September 18, 2017
सुशिल र ललित पहिलोपटक राष्ट्रिय टोलीमा
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्र्तगतको हङकङविरुद्धको खेलको लागि १४ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
मुख्य प्रशिक्षक जगत टमाटा र टिमका कप्तानर पारस खड्काले अन्तिम १४ सदस्यीय टिमको घोषण गरेका हुन। नेपाली टोली अहिले प्रशिक्षणका लागि भारतको चेन्नाई पुगेको छ । नेपाली टोली हिजो आइतबार अभ्यास तथा प्रशिक्षणको लागि चेन्नईमा रहेका छन् ।
नेपालले आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैठौ राउण्डमा हङकङसंग उसैको घरेलु मैदानमा अक्टोबर १३ र १५ तारिखमा खेल्दैछ ।
अस्वस्थताकै कारण यसअघि नै टिमबाट बाहिरिएका शक्ति गौचनको अनुपस्थितीमा बायाँ हाते स्पिनर सुशिल कँडेल पहिलोपटक राष्ट्रिय टिममा पर्न सफल भएका छन । यस्तै बायाँ हाते तीब्र गतिका बलर ललित सिंह भण्डारी पनि पहिलोपटक राष्ट्रिय टिममा पर्न सफल भएका छन् । सुशिल धनगढी प्रिमियर लिगको उत्कृट खेलाडी घोषित भएका थिए ।
यस्तै नेपाल पुलिस क्लबका ललितले नेपाल यू–१९ का लागि सन् २०१३ मा युएईमा आयोजना भएको एसिसि यू–१९ एसिया कपमा नेपालको प्रतिनिधित्व गरेका थिए । त्रिभुवन आर्मीका जितेन्द्र मुखिय अन्तिम १४ मा पर्न असफल भए । विश्व क्रिकेट लिग अन्तर्गतकै केन्याविरुद्धको खेलमा उत्कृष्ट बलिङ गरेका भेट्रान बलर मेहबुब आलमले पनि अन्तिम १४ मा आफ्नो स्थान बनाउन सकेनन् ।
अलराउन्डर कुशल भुर्तेल र ब्याट्सम्यान नरेश बुढाएर पनि अन्ति चौधमा आफ्नो स्थान सुरक्षित पार्न असफल भए । च्याम्पियनसिपमा नेपाल छैटौ स्थानमा रहेको छ । चौथो स्थानमा रहेको हङकङको १० खेलबाट ११ अंक छ । यता, नेपालको भने समान १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित भएको नेपालको ८ अंक छ ।
नेपालले अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउनका लागि हङकङलाई पराजित गर्नै पर्नेहुन्छ । नेपालले हङकङपछि आफ्नो अन्तिम खेल युएईसँग खेल्नेछ ।
नेपाली टोली
१. पारस खड्का (कप्तान)
२. ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३. शरद भेषवाकर
४. बसन्त रेग्मी
५.सागर पुन
६.सोमपाल कामी
७. विनोद भण्डारी
८. करन केसी
९.सन्दिप लामिछाने
१०. दिपेन्द्र सिंह ऐरी
११. सुसन भारी
१२. मोहम्मद आशिफ शेख
१३. ललित भण्डारी
१४. सुशिल कँडेल
वैकल्पिक खेलाडी
१५. जितेन्द्र कुमार मुखिया
१६. नरेश बहादुर बुढाऐर
१७. मेहबुव आलम
१८. कुशल भुर्तेल
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]