8 years ago
September 19, 2017
काठमाडौं (हाम्रो खेलकुद)– विश्व क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियनसिपको तयारीका लागि भारतको चेन्नईमा रहेको नेपाली क्रिकेट टोलीले आज तमिलनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँग पहिलो अभ्यास खेल खेल्दैछ ।
५० ओभरको अभ्यास खेलमा नेपाली टोलीका कप्तान पारस खड्काले टस जितेर ब्याटिङ रोजेका छन् । अर्को महिना हङकङविरुद्ध हुने डब्लूसिएलका दुई खेलको तयारीका लागि नेपाली टोली आइतबार चेन्नई पुगेको थियो ।
चेन्नइमा नेपालले ४ अभ्यास खेल खेल्ने तय भएको छ । हिजै हङकङसँग खेल्नका लागि १४ सदस्यीय टोलीको पनि घोषणा भइसकेको छ । जसमा पहिलो पटक ललितसिंह भण्डारी र सुशिल कंडेल समेटिएका छन् । नेपाल र हङकङबीच अक्टुबर १३ र १५ मा दुई खेल हुनेछन् ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]