default_image

7 years ago

September 19, 2017

अभ्यास खेलमा सोमपाल र बसन्तको अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद)– तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामी र बसन्त रेग्मीले उच्च प्रदर्शन गरेपछि भारतको चेन्नईमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सम्मान जनक स्कोर खडा गरेको छ । तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपाल र बसन्तले अर्धशतक पुरा गरेपछि ५० ओभरमा ८ विकेटको नोक्सानी २ सय १७ […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– तल्लो क्रमका ब्याट्सम्यान सोमपाल कामी र बसन्त रेग्मीले उच्च प्रदर्शन गरेपछि भारतको चेन्नईमा नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास खेलमा सम्मान जनक स्कोर खडा गरेको छ ।


तमिनाडु प्रिमियर लिगको डिन्डिगुल ड्रयागन्ससँगको खेलमा टस जितेर ब्याटिङ गरेको नेपालका लागि सोमपाल र बसन्तले अर्धशतक पुरा गरेपछि ५० ओभरमा ८ विकेटको नोक्सानी २ सय १७ रन बनाएको छ । दबाबकाबीच सोमपाल र बसन्तले सातौं विकेटका लागि १ सय ७ रनको साझेदारी गरेपछि नेपालले सम्मानजनक स्कोर बनाएको थियो ।

सोमपालले ६६ र बसन्तले अविजित ५६ रन बनाए थिए । ७७ बल खेलेका सोमपालले २ चौका र ४ छक्का प्रहार गरे । बसन्तले ८३ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यसअघि ८५ रन जोड्दा नेपालले महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।

ओपनर ज्ञानेन्द्र मल्ले ३९ अर्का ओपनर सागर पुनले १५ र आसिफ शेखले २१ रन बनाए भने अन्य खेलाडी सस्तैमा आउट भएका थिए । कप्तान पारस खड्का पहिलो बलमै आउट भए भने सन्दीप लामिछानेले २ तथा शरद भेषावकर र विनोद भण्डारीले समान १ रनमा आउट भएका थिए । सुशिल कंडेल १ रनमा अविजित रहे ।

विश्व कप क्रिकेट लिग (डब्लूसिएल) च्याम्पियसिप अन्तर्गत अर्को महिना हङकङविरुद्धको दुई खेलको तयारीका लागि नेपाली टोली भारत भ्रमणमा निस्केको हो । चेन्नईमा नेपालले ४ वटा अभ्यास खेल खेल्दैछ ।

March 29, 2024

कमल प्लेइङ-११ मा खेल्दै, पवन बेन्चमा

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर कमलसिंह ऐरीले नेपाल ‘ए’ बाट आयरल्यान्ड वल्भ्सविरुद्ध शुक्रबार हुने टि२० खेलमार्फत पुनरागमन गर्ने भएका छन् । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले सुरुवाती इनिङमा ब्याटिङ गर्दैछ । कमलले लामो समय चोटका कारण बाहिर रहेर आज पुनरागमन गर्दैछन् […]

March 29, 2024

नेपाल ‘ए’ ले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ क्रिकेट टोलीले आयरल्यान्ड वल्भ्सविरुद्ध पहिलो टि२० खेलमा टस जितेको छ । नेपाल ‘ए’ को कप्तान विनोद भण्डारीले टस जितेर पहिलो फिल्डीङ गर्ने निर्णय लिएका हुन् । आयरल्यान्ड वल्भ्सले पहिलो ब्याटिङ गर्दैछ । नेपालको टोली : विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर […]

March 29, 2024

नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्स खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ‘ए’ र आयरल्यान्ड वल्भ्सले टि२० सिरिजको पहिलो खेलमा शुक्रबार खेल्दैछन् । खेल नेपाली समय अनुसार दिउँसो १ बजे टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । लगातार वर्षाका कारण मैदान भिजेपछि विहीबार हुने भनिएको पहिलो खेल रद्द भएको थियो । क्यानले खेल तालिका परिवर्तन गर्दै शुक्रबारदेखि टि२० सिरिज सुरु हुने जानकारी दिएको […]

Success

Thank you for your time.